समायोजन खबर काठमाण्डौ,
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् । अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
२०७६ मंसिर २२ गते साँझ ७ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology