• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत

जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै सनाखत


समायोजन खबर
  • मंगलबार, मंसिर १७ २०७६

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाण्डाै,

    बागलुङको बडिगाडमा जीप दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा जीप चालक गुल्मीको इश्मा गाउँपालिका ५ का २५ वर्षीय रेशम थापासहित माया थापा, बसुन्धरा कार्की, इश्मा ४ का ४० वर्षीया सिता कार्की, उहाँकी २ वर्षकी छोरी अनुसा कार्की, ६५ वर्षीय झवि कार्की, ४० वर्षका महेन्द्र कार्की, भूमि कार्की, सूचना कार्की, २५ वर्षीया मिना बस्नेत छन् ।

     

    यस्तै, गुल्मीको इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का ६० वर्षीय मुमा कार्की,  बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्री र कञ्चनपुरका ५५ वर्षका धनबहादुर कार्कीको पनि दुर्घटना ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने  २१ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका-४ बस्ने मृतक सूचना कार्कीका ४  वर्षीय छाेरा हिमाल कार्की र २४ वर्षीया निमा केसी रहेका छन् ।

     

    नाबालक हिमाल र निमाको अवस्था गम्भीर छ । घाइते तिनै जनालाई ढोरपाट स्थित बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताउनुभयो । गुल्मीको इश्मा गाउँपालिका ५ दोहोली रिप कैयापाटाबाट कूल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने बागलुङको बडीगाड गाउँपालिका–७ मा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।

    २०७६ मंसिर १७ गते साँझ ६ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology