समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेलबजारमा घाईते मृगको उद्धार गरिएको छ । कुकुरले खेद्नेक्रममा दिक्तेलको रत्नपार्कस्थित बजारभित्र छिरेर अत्तालिँदै कुदिरहेको अवस्थामा भाले मृगलाई प्रहरीले नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
मृगको नाक, फिला, बायाँ आँखामुनि लगायतका ठाउँमा चोट लागेको मृगलाई जिल्ला डिभिजन वन कार्यालयको निर्देशनमा वनमा लगेर छाडिएको छ । घाईते मृगलाई दिक्तेलकै रत्नपार्कस्थित सामुदायिक सेवा केन्द्र नजिकै रहेको हिरालाल पुरीको घर अगाडि नियन्त्रणमा लिइएको सामुदायिक सेवा केन्द्रका असई गोपी कट्वालले बताए । मृगलाई तत्कालै सामुदायिक सेवा केन्द्रका प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक जंगलमा लगेर छाडेको छ ।
२०७६ मंसिर १७ गते साँझ ६ :२५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology