चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलमा सञ्चालन हुने जिल्ला स्तरिय अन्तर मावि छात्र फुटबल प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । खोटाङ फुटबल एकेडेमीले बुधबार बिहानबाट रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा आयोजना गर्ने प्रतियोगितामा जिल्लाभरीका १६ विद्धालयबाट आएका टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
एकेडेमीको कार्यालमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले दिएको जानकारी अनुसार बुधबार बिहान ७ बजेबाट कालिका मावि नेर्पा र पृथ्वी मावि बाक्सिलाविच पहिलो खेल हुनेछ । यस्तै, सरस्वती मावि दिक्तेल र पञ्च मावि दिक्तेल, सावित्रा मावि बाम्राङ र ज्योती मावि जालपा, जालपा मावि जालपा र चिसापानी नमुना मावि चिसापानी, मालिका देबी मावि र चम्पावती मावि बुईपा, शान्ती मावि टेम्मा र दिक्तेल इंलिस बोर्डिङ स्कुल दिक्तेल, विद्योदय मावि दोर्पा र साकेला मावि रतन्छा तथा माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र जालपा मावि नुनथलाविच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेता दुई टिमले नगद १५/१५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खोटाङ फुटबल एकेडेमीका प्रशिक्षक रोशेष श्रेष्ठले बताए । उत्कृष्ट खेलाडीहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि काठमाण्डौको प्रिमियर कलेज, ग्रामर कलेज, विज्रवाटर ईन्टरनेशनल स्कुलले छात्रबृत्ति प्रदान गर्नेछ । यसैगरी, दिक्तेल इंलिस बोर्डिङ स्कुल, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र समावि दिक्तेलले पनि उच्च शिक्षाका लागि छात्रबृत्ति दिने जनाइएको छ । छात्रबृत्तिका लागि उत्कृष्ट खेलाडीहरुले एसईईमा बि प्लस नतिजा ल्याएको हुनुपर्नेछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको समेत सदस्यता पाएको एकेडेमीले उत्कृष्ट खेलाडीलाई एन्फा उमेर समुहको राष्ट्रिय खेलाडी छनौटको अवसर दिनेछ । चार दिवसीय प्रतियोगिताको ६ विधामा उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी पुरस्कृत गरिनेछ । गत वर्षको प्रतियोगितामा कालिका मावि नेर्पा विजेता भएको थियो ।
२०७६ मंसिर १७ गते साँझ ६ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology