समायोजन खबर काठमाडौं,
मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् । जसअनुसार पर्साका सिडिओ नारायण भट्टराईको चितवनमा तथा चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ ।
भक्तपुरका नारायण भट्टलाई मकवानपुरको सिडिओमा सरुवा गरिएको छ । लमजुङका सिडिओ पनि फेरिएका छन् । डा डिजन भट्टराईलाई अध्यागमन विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई भक्तपुर तथा बरिष्ठ अध्यागमन अधिकृत लक्ष्मण बहादुर खड्का लमजुङ सरुवा भएका छन् ।
२०७६ मंसिर १७ गते साँझ ६ :१४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology