चिसाङ शेर्पा खोटाङ,
खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि शनिबार गरिएको उपचुनावको मतगणना सुरु भएको हो ।
१ हजार ३०३ जना मतदातामध्ये ७९८ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी श्याम राईले बताए । मत खसाउनेमा ४०१ जना पुरुष र ३९७ जना महिला छन् । ५०५ मतदाता अनुपस्थित भएका छन् । मतपेटिकालाई साकेला गाउँपालिका–५ मात्तिम मानेभञ्ज्याङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याएर मत परिणाम गणना भर्खरै सुरु भएको जिल्ला निर्वाचन अधिकारी कोपिला राईले बताईन् ।
निर्वाचनमा नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्का चुनावी मैदानमा छन् । मतगणनाको विषयमा नेता तथा कार्यकर्तामा भने कसले बाजी मार्ला भनेर बहस तातिएको छ ।
२०७६ मंसिर १४ गते राती ८ :०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology