• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

साग महिला भलिबल : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै


समायोजन खबर
  • शनिबार, मंसिर १४ २०७६

  • समायोजन खबर काठमाण्डौ,

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शनिबार महिला भलिबलतर्फ सेमिफाइनलका खेल हुँदैछ । सेमिफाइनलमा नेपाली महिला टिमले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ पाँच बजे सुरु हुनेछ ।

     

    श्रीलंकालाई हराएको खण्डमा नेपालले भलिबलको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पार्नेछ । नेपालले साग खेलकुदको महिला भलिबलमा कास्य पदकभन्दा ठूलो सफलता हात पार्न सकेको छैन । समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो भने भारतसँग सोझो सेटमा पराजित भएको थियो । शनिबार नै हुने पहिलो सेमिफाइनलमा भारत र माल्दिभ्स खेल्दैछन् ।

    २०७६ मंसिर १४ गते बिहान ११ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology