• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एकल पुरुषले पनि भत्ता पाउनुपर्ने ज्येष्ठ नागरिकको माग

एकल पुरुषले पनि भत्ता पाउनुपर्ने ज्येष्ठ नागरिकको माग


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर १२ २०७६

  • ज्येष्ठ नागरिकहरुको मागपत्र बुझ्नुहुंदै नगरप्रमुख दिपनारायण रिजाल (बायाँ) तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले विधुर(एकल पुरुष)हरुले पनि राज्यबाट भत्ता पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । श्रीमतीको मृत्यु भएका, कुनै कारणबाट श्रीमती त्याग गरेका, अर्को विवाह नगरेका र ७० वर्ष ननाघेका विधुरहरुले भत्ता पाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    ज्येष्ठ नागरिक जिल्ला संघको कार्यालयमा बिहीबार पत्रकार सम्मेलनमार्फत तीनै तहका सरकारको ध्यानाकर्षण गराउदै विधुवा महिलाले जस्तै विधुर पुरुषहरुले पनि भत्ता पाउनुपर्ने जानकारी गराएका छन् । पत्रकार सम्मेलनपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पुगेर विधुर भत्ता पाउनुपर्ने मागपत्र पेश गरेका छन्। मागपत्रमा स्थानीय तहहरु मध्ये प्राथमिकताका आधारमा सोही नगरपालिकाले मासिक ३ हजारका दरले विधुर भत्ता उपलब्ध गराउन ध्यानाकर्षण गराइएको संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरे बताए ।


    तीन तहको सरकार निर्माण पश्चात ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, असहाय, दलित, वालवालिकाले राज्यको तर्फबाट सुविधा पाइरहेको तर महिला पुरुष समान अधिकार भनिरहंदा संघले गरेको अध्ययन अनुसार विधुर पुरुषहरुको अवस्था ज्यादै कष्टकर पाइएकाले विधुर भत्ताको माग गरिएको अध्यक्ष घिमिरेले बताए ।

     

    विधुर भत्ता पाउनुपर्ने भन्दै उनीहरुले सामाजिक विकास मन्त्रालय विराटनगर, ज्येष्ठ नागरिक संघ प्रदेश नं. १ विराटनगर, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, स्थानीय प्रशासन र जिल्लाको १० स्थानीय तहमा बोधार्थ पठाएकोे छ । एकल पुरुषले भत्ता पाउनुपर्छ भन्ने विषय एकदमै जायज भएको र जसको लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध मात्रै गर्न सकिने आफै कार्यन्वयन गर्न नसकिने नगरप्रमुख दिपनारायण रिजालले बताए । गाउँबस्तीमा घुम्दै जाँदा एकल पुरुषहरुको अवस्था दयानिय अवस्थामा भेटिएको स्वीकार्दै नगरप्रमुख रिजालले भने, “ज्येष्ठ नागरिकको मागलाई प्रदेश र सङ्घीय सरकारको मन्त्रालयमा अनुरोध गरेर पठाउँछौ ।”
    २०७६ मंसिर १२ गते साँझ ५ः३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology