चिसाङ शेर्पा खोटाङ,
खोलामा डुबेर ज्यान गुमाएका विधार्थीद्धयको सम्झनामा लोकगीत सार्वजनिक भएको छ । १८ जेठमा साप्सुखोलामा अवस्थित मेवाखोला हाईड्रोपावरमा शैक्षिक भ्रमण जाँदा पौडी खेल्दा ज्यान गुमाएकाको सम्झनामा ‘बस्छु सधै रोई’ लोकगीत मंगलबार युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।
दिक्तेल टेक्निकल ईन्स्टिच्युटमा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस वस्नेत र खाल्लेकै अन्दाजी १९ वर्षीय विक्रम भट्टराईको सम्झनामा खाल्लेका लोक गायक हर्क गदाल र शान्तीश्री परियारको आवाजमा उक्त गीत बजारमा आएको गायक गदालले जानकारी दिए ।
गायक गदाल र नन्द बहादुर बस्नेतको शब्द, संकलन र संगीत रहेको करीव १५ मिनेटको गीतले मानिस भएर जन्मेपछि एक दिन अवश्य मर्नु नै पर्छ, ढिलोचाँडो मात्रै हो भन्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गायक गदाल, टिका जैसी, नविन रहपाल, रुकु विष्ट, शारादा राउत लगायतले अभिनय गरेका छन् ।
भिडियो
२०७६ मंसिर ११ गते साँझ ५ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology