• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खिदिमामा चुनावी सरगर्मी बढ्दो

खिदिमामा चुनावी सरगर्मी बढ्दो


समायोजन खबर
  • आइतबार, मंसिर ८ २०७६

  • चुनावी प्रचारप्रसार गर्दै दलहरु । तस्विर समायोजन खबर

    समायोजन खबर खोटाङ,
    साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा चुनावी सरगर्मी बढेको छ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाका तर्फबाट शिवकला राई, नेपाली कांग्रेसका तर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीका तर्फबाट रमेश राई र राप्रपाका तर्फबाट इन्द्रबहादुर खड्का उम्मेद्वार रहेका छन् । रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेद्वारलाई जिताउनका लागि भोट माग्न राजनैतिक दललाई चुनावी चटारो लागेको छ ।

     

    तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियका कारण गत बैसाख ९ गते मृत्यु भएपछि उपनिर्वाचन मार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो । नेकपाले तिनै मणीकुमारको श्रीमती शिवकलालाई उम्मेद्वार उठाएको छ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले १५८, एमालेले २७९ र माओवादीले २७१ मत ल्याएको थियो । उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि १३ सय ३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।
    २०७६ मंसिर ८ गते साँझ ५ :३६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology