• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कर सप्ताह सकियो

कर सप्ताह सकियो


समायोजन खबर
  • शनिबार, मंसिर ७ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    खोटाङमा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आव्हान स्वरुप मंसिर १ गते दिक्तेलमा प्रभातफेरी गर्दै सुरु गरिएको आठौं कर दिवस शुक्रबार समापन गरिएको छ ।

     

    मंसिर २ गते करदाता सेवा कार्यालय आउने करदातालाई सम्मान तथा सत्कार, मंसिर ३ गते कार्यालय परिषरमा वृक्षारोपण एबं गार्डेनिङ, कात्तिक ४ गते सरकारी कार्यालयका लेखा समुहका कर्मचारीसँग इ–टिडिएस सम्वन्धी करदाता शिक्षा तथा अन्तरक्रीया, कात्तिक ५ गते उद्योग बाणिज्य संघ, लेखा व्यवसायी संघ तथा कार्यालयबीच मैत्रीपूर्ण व्याडमिन्टन खेल, मंसिर ६ गते निजी क्षेत्र तथा सरोकारवालासँग कर सम्वन्धी कानुनमा भएका व्यवस्था र सो को कार्यान्वयन सम्वन्धमा छलफल तथा अन्तरक्रीया लगायतका कार्यक्रम गर्दै कर सप्ताह मनाइएको हो ।

     

    करदातालाई कर तिर्नका लागि प्रात्साहित गर्न हप्ता दिनसम्म कर सप्ताह मनाइएको करदाता सेवा कार्यालय दिक्तेलका कर अधिकृत गोपाल राईले बताए । जिल्ला समन्वय समितिको समिक्षालय हलमा आयोजित कर सप्ताह समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यय, उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले राज्यलाई तोकिएको कर तिर्नु नागरिकको दायित्व भएको उल्लेख गरे ।
    २०७६ मंसिर ७ गते मध्यान्ह १२ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology