• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कुवेतको अस्पतालमा थला परेका भोजपुरका प्रेम वान्तवाको उद्धार

कुवेतको अस्पतालमा थला परेका भोजपुरका प्रेम वान्तवाको उद्धार


समायोजन खबर
  • शनिबार, मंसिर ७ २०७६

  • फाइल तस्विर ।

    समायोजन खबर भोजपुर,

    प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ का प्रेम वान्तवाको उद्धार गरिएको छ । उच्च रक्तचापका कारण बिरामी परेका वान्तावालाई नेपाली दूतावास र विभिन्न सङ्घसंस्थाको सहयोगमा अलजजिरा एयरलाइन्समार्फत शुक्रबार नेपाल फर्काइएको हो । कम्पनीतर्फबाट प्लेन टिकट, हालसम्मको अस्पतालमा उपचार खर्च र तलब कम्पनीले भुक्तान गरेपछि नेपाल फर्काइएको पारिवारिक स्रोतले जनाएको छ ।

     

    केही समयअघि वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका वान्तवा कम्पनीमा काम गर्दागर्दै ढलेका थिए । “पारिवारिक अवस्था दयनीय रहेका कारण उपचार खर्च जुटाउन र समन्वय गर्दै नेपाल ल्याउँनका लागि समस्या भएपछि सामाजिक सञ्जालमार्फत सहयोग अपिल गरेका थियौँ”, अभियानकर्ता नुमा राईले बताउनुभयो । राईले भन्नुभयो, “हामीले सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै रकम सङ्कलन गर्न सक्षम भइसकेका छौं, सामाजिक सञ्जालमार्फत उठेको रकमले प्रेमलाई आज हामीले नेपाल ल्याउन सकेका छौँ । अहिले पनि सहयोग उठ्नेक्रम जारी छ यो अभियानलाई निरन्तरता दिन्छौँ ।”

     

    हाम्रो प्यारो भोजपुर फेसबुक पेजबाट सामाजिक सञ्जाल समूहमार्फत आह्वान गर्दै आएका अभियानकर्ताले सहयोग गरिसकेपछि सोको भौचर तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन् । प्रेमकी श्रीमती शीलाले आफ्नो श्रीमान् गत वर्ष फागुनमा विदेश जान्छु भन्दै काठमाडौँ गएका तर पछि एकैचोटी विदेशमा बिरामी परेको खबर सुनेको बताउनुभयो ।

    २०७६ मंसिर ७ गते बिहान ८ : ३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology