• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद

पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै हत्या गर्नेलाई जन्मकैद


समायोजन खबर
  • शुक्रबार, मंसिर ६ २०७६

  • साँकेतिक तस्विर

    समायोजन खबर ओखलढुंगा,

    जिल्ला अदालत ओखलढुङ्गाले मोलुङ गाउँपालिका–३ का २७ वर्षीय सन्तोष कार्कीको हत्याका दोषीलाई जन्मकैदको फैसला सुनाएको छ ।  बिहीबार जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले दाङको भालुवाङका ३७ वर्षीय सञ्जीतकुमार थापाले कार्कीको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । अदालतका स्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो ।

     

    दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसँग अनैतिक सम्बध राखेको भन्दै ०७५ साल भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका–३ स्थित कार्कीकै घरमा गएर खुकुरी प्रहार गरी उनलाई हत्या गरेका थिए ।  कार्कीको खुकुरी प्रहारबाट शरीरभरि चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ साल भदौ १२ गते निजकै घरछेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । भदौ १३ गते ओखलढुङ्गा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

     

    प्रहरीले क्रूर अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय माग दाबी गरे पनि क्रूर तरिकाले यातना दिएर हत्या नगरेको, आरोपितले अभियोग स्वीकार गरेको देखिएकाले जन्मकैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भई सजाय तोकिएको अदालतले जनाएको छ ।  अनुसन्धानका क्रममा थापाले अभियोग स्वीकार गरेका थिए भने आवेशमा हत्या गरेको बयान दिएका थिए । रासस

    २०७६ मंसिर ६ गते दिउँसो १ : ०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology