चिसाङ शेर्पा बाग्लुङ,
बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगितामा १ नम्बर प्रदेशले दुई स्वर्ण पदक जितेका छन् । बडिगाड गाउँपालिका–५ ग्वालीचौर खारबजारमा आईतबारदेखी भएको प्रतियोगिताको पहिलो दिन १ नम्बर प्रदेशले पुरुष एकल र समुहकातामा स्वर्ण पदक ल्याएका हुन् । महिला एकलकातामा भने, १ नम्बर प्रदेशले रजत पदकमा चित्त बुझाउनु प-र्यो ।
महिला एकलकातामा स्वर्ण पदक आशा गरेता पनि भनेजस्तो नतिजा आउन सकेन । महिला एकलकातामा रोश्मा राईले रजत पदक जितिन् । पुरुष एकलकातमा मोतिचन्द्र राई र समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक जिते । १७ स्वर्ण १७ रजत र ३४ कास्यको लािग भएको प्रतियोगितामा दुई स्वर्ण पदकले खाता खोलेको १ नम्बर प्रदेशले अब, महिला समुहकाता र कुमितेमा प्रतिस्पर्धा गर्दैछ ।

पुरुष समुहकाता प्रदर्शन गर्दै १ नम्बर प्रदेशका खेलाडी रुरिहाङ दुमि र मोतिचन्द्र राई । तस्विर चिसाङ शेर्पा
सोमबार हुने महिला समुहकातामा सोना राई, विद्याकला राई र रोश्मा राईले स्वर्ण पदक हात पार्नेमा १ नम्बर प्रदेश ढुक्क छन् । महिला/पुरुष कुमितेमा भने स्वर्ण पदक हान्ने खेलाडीहरुको दावी छ । १ नम्बर प्रदेशमा र दर्जनौ राष्ट्रिय प्रतियोगिताहरुमा सिधै स्वर्ण पदक जित्ने खेलाडीहरु भएकाले पनि कुमितेमा स्वर्ण पदक आउनेमा टिम प्रशिक्षक सन्जय कुमार राई विश्वस्त छन् । खेलाडीको गोजीबाट संकलन गरेको पैसा र करातेलाई माया गर्ने एकादुई सहयोग गर्ने दाताहरुको सहयोगमा बाग्लुङ आएर टिम प्रथम हुनेमा उनीहरुको आत्मविश्वास झन् घटेकोे छैन् ।
खेलाडीको दुःख र पिडा जे,जस्तै भए पनि देख्नु र सहयोग गर्नुपर्ने निकायहरुको नजरमा नपरेको कराते खेलमा टिम प्रथम भएर प्रदेश तथा स्थानीय स्तरको नाम कहलाउन खेलाडीहरु कडा मेहेनत र परिश्रम गरिरहेका छन् । यस्तैको मेहेनतमा आज १ नम्बर प्रदेशका सुर्यचन्द्र राई ५० केजी तौल समुह, विवेक थापा ५५ केजी तौल समुह, अर्जुन श्रेष्ठ ६० तौल समुह, रोहित बाँस्कोटा ६७ तौल समुह, रुरीहाङ दुमि ७५ तौल समुह, ईश्वरधन राई ८४ केजी माईनस समुह र सागर राउत ८४ केजी प्लस तौल समुहमा स्वर्ण पदक हान्ने दाउँमा छन् ।
यस्तै, प्रतिक्षा राणा मगर ४५ केजी तौल समुह, रोश्मा राई ५० केजी तौल समुह, विद्याकला राई ५५ केजी तौल समुह, सुस्मिता राई ६१ केजी तौल समुह, सोना राई ६८ केजी माईनस समुह, मिसडोना राई ६८ केजी प्लस समुहमा स्वर्ण पदक हान्नमा कठोर परिश्रम गरिरहेका छन् । टिम प्रशिक्षक, व्यवस्थापक खेलाडीहरुलाई समुह प्रथम बनाउनका निम्ति कुनै कसुर वाँकी नराखी खेलाडीलाई ट्रेनिङको अलवा आत्मवल बढाउनमा लागेको देखिन्छ । खेलाडीहरुमा त्यतिकै उत्साह देखिन्छ । तर, खेलमा उत्साह भन्दा पनि मैदानमा लडेर देखाउनुपर्ने हुन्छ । यसमा १ नम्बर प्रदेश हर कसरत गरिरहेका छन् । राम्रो सुरुवात गरेको १ नम्बर प्रदेशले समापन कस्तो गर्छ त्यो भने अझै हेर्न बाँकी छ ।
२०७६ मंसिर २ गते बिहान ९ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology