• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते : कसले मार्ला बाजी ?

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते : कसले मार्ला बाजी ?


चिसाङ शेर्पा
  • आइतबार, मंसिर १ २०७६

  • चिसाङ शेर्पा बाग्लुङ,
    आईतबारबाट बाग्लुङमा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता सुरु भएको छ । बडिगाड गाउँपालिका–५ ग्वालीचौर खारबजारमा दिप प्रज्ज्वलन गरी प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले कार्यक्रमको उद्घाटन गरे । स्थानीय बजारमा लाग्ने पौदी न्वागी मेलाको अवसरमा सुरुवात भएको प्रतियोगितामा सात प्रदेश र आयोजक बडिगाड डोजो सहित ८ टिमले प्रतिस्पर्धा गर्दैछ । गाउँपालिकाको २२ लाख ५० हजार र विभिन्न दाताहरुको सहयोगमा भएको प्रतियोगितालाई निक्कै नै रोचक रुपमा हेरिएको छ । गाउँपालिकाले खेलकुद क्षेत्रमा देखाएको उदारताले खेल जगतका व्यक्तिहरु हर्षित छन् ।

     

    मुलुक संघीय संरचनामा गएपछि अधिकांश स्थानीय सरकारले खेलक्षेत्रलाई वेवास्ता गर्दै आएका छन । आफ्ना निकटका कार्यकर्ता भएको खेलकुदलाई भन्दै कार्यकर्ता भरणपोषण गर्दै आएका उदाहरण धेरै छन । तर, यस गाउँपालिकाले साढे २२ लाख आर्थिक सहयोग गरेकैले सातै प्रदेशका कराते खेलाडीले आफूलाई अब्बल खेलाडीको परिचय दिन पाउने अवसर पाएका छन । आफूले उत्पादन गरेको खेलाडीबाट प्रशिक्षकले आफ्नो कर्मको फल पाउने मौका पाएका छन । राष्ट्रिय निर्णायकहरुले एकअर्कालाई साक्षात्कार गर्ने अवसर पाएका छन ।

     

    १७ स्वर्ण, १७ रजत, ३४ कास्यका लागि भएको प्रतियोगितामा १ सय ६८ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ३० लाख बढी खर्च हुने कार्यक्रम संयोजक राजन पाइजा मगरले बताए । संयोजक पाइजाका अनुसार प्रतियोगितामा प्रथम हुने समूहले ८० हजार, दोश्रोले ५० हजार, तेश्रोले ३० हजार नगद पुस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन भने, प्रतियोगितामा सहभागिता जनाउने समूहले १५/१५ हजार नगद पाउने छन ।

     

    गत वर्षबाट सुरुवात भएको बडिगाड गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको दोश्रो संस्करणमा प्रतिस्पर्धा गर्न आएका खेलाडी र टिम प्रशिक्षक भने समुह प्रथम हुने दाउमा छन । समुह प्रथम हुनका निम्ति प्रशिक्षकहरु कुनै कसुर वाँकी नराखी खेलाडीलाई ट्रेनिङको अलवा आत्मवल बढाउनमा लागेको देखिन्छ । खेलाडीहरुमा त्यतिकै उत्साह देखिन्छ । गत वर्ष भएको पहिलो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय प्रतियोगितामा प्रथम विभागीय टिम नेपाल प्रहरी, दोश्रो सशस्त्र प्रहरी र तेश्रो बडिगाड डोजो भएकोमा यसपटक कसले बाजी मार्ला भन्ने विषयले व्यापकता पाएको छ । खेलकुदमय भएको ग्वालीचौर खारबजारमा चोकदेखी चिया पसलसम्म यसैको चर्चा छ । कसले मार्ला त बाजी ?
    २०७६ मंसिर १ गते राती ८ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology