समायोजन खबर दाङ,
प्रहरीले पश्चिम दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक जना कार्यकर्ता पक्राउ गरेको छ । दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३– ०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
२०७६ मंसिर १ गते बिहान ९ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology