• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाका नौ जना कार्यकर्ता कांग्रेसमा प्रवेश

नेकपाका नौ जना कार्यकर्ता कांग्रेसमा प्रवेश


समायोजन खबर
  • सोमबार, कार्तिक २५ २०७६

  • समायोजन खबर खोटाङ,
    खोटाङमा नेकपाका नौ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको खोटेहाङ गाउँपालिकामा ‘पालिका स्तरीय समिति गठन’का क्रममा आफ्नो पार्टी परित्याग गर्दै उनीहरु कांग्रेसमा आएका हुन् ।

     

    कांग्रेस प्रवेश गर्नेमा नेकपाका टोल कमिटि सदस्यहरु सोम प्रसाद कोईराला, तिलक कर्ण राई, छविलाल राई, जितेन विश्वकर्मा, गणेश विश्वकर्मा लगायत रहेका खोटेहाङ गाउँपालिकाका सचिव लोकराज ढकालले जानकारी दिए । उनीहरुलाई संविधानसभा सदस्य तथा महासमिति सदस्य सरस्वती वजिमय, महाधिबेशन प्रतिनिधि बिरकाजी राई, जितेन्द्र सिं ठकुरी, क्षेत्र नं २ का क्षेत्रिय सभापति तीर्थराज भट्टराई र नेविसंघ खोटाङका सभापति राजकुमार वस्नेतले अविर र फुलमाला लगाएर पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीमा भित्र्याएका छन् ।

    कांग्रेसले आफ्नो विद्यान अनुसार संगठन बिस्तारसँगै पार्टीको संघीय संरचना निर्माण कार्य पनि जिल्लाका दशै स्थानीय तहमा गरिरहेको छ । जस अन्तर्गत प्रेम कुमार थापाको सभापतित्वमा ३१ सदस्य खोटेहाङ गाउँपालिका कार्य समिति गठन गरिएको छ । उपसभापतिमा हरि बहादुर खड्का/यजुनन्दन घिमिरे, सचिव रुपेश राई/लोकराज ढकाल, सह-सचिव किरण राई/नवराज घिमिरे र कोषाध्यक्षमा कोषराज राई रहेका छन् । यस्तै, टेकमान मगरको सभापतित्वमा खोटाङबजार वडा समिति पनि गठन गरिएको छ ।
    २०७६ कार्तिक २५ गते साँझ ७ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology