• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोलामा बृद्ध मृत फेला

खोलामा बृद्ध मृत फेला


समायोजन खबर
  • शुक्रबार, कार्तिक २२ २०७६

  • फाइल फोटो

    समायोजन खबर खोटाङ
    केपिलासगढी गाउँपालिका–६ दिप्सुङका बृद्ध पदमबहादुर राई मृत फेला परेका छन् । बिहिबारदेखि सम्पर्क बिहिन भएका ६० वर्षीय राई शुक्रबार दिउँसो स्थानीय दिनाखा खोलामा मृत फेला परेका हुन् । दिनाखा खोलाको काठको साँघुमुनि शव भेटिएकाले उनको साँघुबाट लडेर मृत्यु भएको अनुमान गरिएको दिप्सुङका वडाध्यक्ष अशोक राईले बताए ।

     

    घट्नाको विषयमा जानकारी आए लगत्तै कानूनी प्रकृया पुरा गर्नका लागि ईलाका प्र्रहरी कार्यालय बाक्सिलाबाट सई दावा तामाङ नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ । मृतकको शव पोष्टर्माटमका लागि ट्याक्टरमा हालेर जिल्ला अस्पताल पु¥याउने पहल भइरहेको छ । ट्याक्टरबाट दिक्तेल लैजान ६० हजार भाडा लाग्ने भएकाले गाउँपालिका र अन्यसँग चन्दा उठाएर शवलाई अस्पतालमा लैजाने तयारी भइरहेको वडाध्यक्ष राईले बताए ।
    २०७६ कार्तिक २२ गते साँझ ५ः११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology