दिप्रुङमा ‘स्कुल नर्स कार्यक्रम’ सुरु

चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात भएको छ । गाउँपालिकाभित्रका सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा पहुंच पु-र्याउन स्कुल नर्स कार्यक्रमको सुरुवात भएको हो । यो कार्यक्रम जिल्लामा पहिलो हो ।

 

स्थानीय स्वास्थ्य ऐन २०७५ निर्माण गरेर लागू गरिसकेको गाउँपालिकाले स्थानीय तहमा स्वास्थ्य सेवालाई गुणस्तरीय प्रभावकारी रुपमा जनस्तरसम्म पु-र्याउने जिम्मेवारी अनुरुप प्राप्त श्रोत र साधनलाई परिचालन गर्नेगरी बिहीबार ओख्रेको महेन्द्रोदय माविबाट ‘स्कुल नर्स कार्यक्रम’ सुरुवात गरेका छन् । माविबाट सुरुवात गरिएको कार्यक्रमको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका हुन् । स्कुल नर्स कार्यक्रमलाई विधालयले हप्तामा एक पिरियड छुट्याउनुपर्नेछ । स्वास्थ्यकर्मीले हप्ताको एक पिरियड अध्यापन गराउने स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले जानकारी दिए ।

स्कुल नर्स कार्यक्रममा हात धुनुको महत्व, झाडापखाला रोगवाट बच्ने उपायहरु, स्वास्सप्रस्वास रोगको घरेलु उपचार, टाइडफाइड रोगको लक्षण तथा बच्ने उपायहरु, सुत्केरी आमा तथा बच्चाको कसरी स्याहार तरिका, पोषण्को आवश्यकता तथा महत्व, गर्भावस्था भनेको के हो यसका लक्षण तथा चिन्हहरु, गर्भावस्थामा गर्नुपर्ने स्याहारहरु, महिनावरी चक्र तथा महिनावरी अवस्थामा गर्नुपर्ने सरसफाईको आवश्यकता, सुत्केरी अवस्थामा गर्नुपर्ने स्याहार तथा परिवारको भूमिका, नाभी मलम र मातृ सुरक्षा चक्कीको महत्व बारे अध्यापन गराईनेछ ।  यस्तै, नवजात शिशुको स्याहारमा आमा तथा परिवारका सदस्यहरुको भूमिका, सुनौलो हजार दिनको महत्व, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, सुत्केरी अवस्थामा देखिने खतराका लक्षणहरु, प्राथमिक उपचारको महत्व, एडस तथा यौन सरुवा रोगको लक्षण तथा बच्ने उपायहरु, कुपोषणका कारणले मानव जिवनमा पर्ने नकरात्मक असरहरु सहित ४५ किसिमका स्वास्थ्य टिप्स सम्बन्धि अध्यापन गराईनेछ ।

 

स्थानीय तहमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा जनस्तरमा पु-र्याउने दायित्व स्थानीय सरकारको भएको हुँदा आफ्नो नीति तथा कार्यक्रममा नै स्कुल नर्स कार्यक्रम राखी गाउँपालिकाभित्रका माविमा स्वास्थ्य चेतनामूलक प्रशिक्षण प्रदान गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । यस कार्यले गाउँपालिकाभित्रका सवै नागरिक स्वास्थ्य रहनको लागि के कस्ता कार्यहरु गर्नुपर्ने रहेछ भन्ने जानकारी प्राप्त हुने विश्वास लिएको अध्यक्ष राईले बताए । बाँकी स्कुलहरुमा आ,आफ्नो तवरले स्कुल नर्स कार्यक्रम सञ्चालन हुंदै जानेछ ।
२०७६ कार्तिक २१ गते दिउँसो २ :२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...