चिसाङ शेर्पा खोटाङ,
सडक मर्मत कार्यमा ढिलसुस्ती हुंदा करीव ६ महिना चल्ने यात्रुबहाक बससेवा चल्न सकेको छैन । साकेला गाउँपालिका–५ मात्तिमको तावाखोला पश्चिमतर्फ भलबाढीले भत्काएको सडक मर्मत गर्ने जिम्मा लिएको निर्माण उपभोक्ता समितिले काममा ढिलाई गरेपछि बससेवा चल्न सकेको छैन ।
ग्याभिङ हालिएको करीव ४५ मिटर सडक भलबाढीले भत्काएपछि भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुरसँग सम्झौता र गाउँपालिकाको साझेदारीमा करीव २२ लाखमा सो भत्किएको सडक सहित बाझेच्यानडाँडा र रतन्छाको विचविचमा भत्किएको सडक बनाउन गठन गरिएको संयुक्त सडक निर्माण समितिले दशैपछिबाट काम थाले पनि खास काम गरेन । पेश्की रकम नदिएको र वर्षातका कारण काममा ढिला भएको निर्माण समितिका सदस्य निर चाम्लिङले बताए । काममा ढिला भएकै हो । उनले भने, अहिले भने धमाधम काम भइरहेको छ ।
हामी बस चलाउन तयार छौ । एकजना यातायात व्यवसायी भन्छन्, ‘तर, सडक बनेको छैन, स्थानीय सरकारले पनि ताकेता गरेको देखिन्दैन ।’ यता गाउँपालिका अध्यक्ष अर्जुन खड्काले भने काममा ढिलाई भएकाले भौतिक पुर्वाधार विकासको कार्यालयलाई काम छिटो सकाउन अनुरोध गरिएको र निर्माण उपभोक्ता समितिलाई समेत ताकेता गरिरहेको बताए । बेलैमा सडक तयार नहुंदा दिक्तेलबाट सप्तेश्वर छितापोखरीको पञ्चमीबजारसम्म बस नचल्दा सर्वसाधरण घण्टौ पैदल हिड्न बाध्य छन् । तावाखोला पारीबाट टेम्मा हुंदै पञ्चमीबजारसम्मको सकडमा कुनै समस्या नरहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । मात्तिममा सडक नबन्दा पञ्मचीबजारबाट छुटेको बस तथा साना गाडीले तावाखोलासम्म यात्रुलाई पु-र्याउने गरेको छ । सडक नबनेका कारण यात्रुहरु ओर्लेर मात्तिम हुंदै दिक्तेल आउनुपर्ने बाध्यता छ ।
तावाखोलामा पक्की मोटरेबल पुल नहुंदा वर्षपिच्छे राज्यको लाखौ बजेट खर्चनु परेको छ । पुल नभएको कारण यहि खोलाले एकवटा यात्रुबहाक बस नै बगाएको थियो । प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय उदयपुर र नेशनल महाविर र सिद्धि साई जेभिविच २०७५ बैशाख २१ गते सम्झौता भएपछि अब भने त्यहाँ ४० मिटर लम्बाईको स्टिल प्लेट ग्रर्डर पुल बन्ने भएको छ । हाल पुलको काम भईरहेको छ । स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोग र प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ५१ लाख ३५ हजार १९५ रुपैयाँ लागतमा बन्ने पुल २०७७ बैशाख २१ गते सम्पन्न हुनुपर्ने छ ।
।
२०७६ कार्तिक २० गते बिहान ९ :५९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology