समायोजन खबर सोलुखुम्बु,
सोलुदुधकुण्ड नगरपालिकाले बजारक्षेत्रका सामुदायीक तथा घरपालुवा कुकरको बध्याकरण शुरु गरेको छ । हिमालयन एनिमल रेस्क्यू ट्रष्टका पशु चिकित्सक बोलाएर नगरपालिकाको पशु शाखाले बन्ध्याकरण सहित रेविज विरुद्धको खोप दिन शुरु गरेको हो ।
कात्तिक २२ गतेसम्म जारी रहने बन्ध्याकरण तथा खोप शिविरको पहिलो दिन मंगलबार ३९ वटा सामुदायीक तथा घरपालुवा कुकरको बन्ध्याकरण गरिएको छ भने रेविजविरुद्धको खोप दिईएको हिमालयन एनिमल रेस्क्यू ट्रष्टका निर्देशक खगेश्वर भट्टराईले बताए । ‘कुकुरको जनसंख्या नियन्त्रण गर्ने बन्ध्याकरण नै उत्तम विधि हो’ उनले भने ।
घरपालुवा कुकुरको तुलनामा बढि सामुदायीक कुकरको बन्ध्याकरण गरिएको छ । सल्लेरी, फाप्लु र दोर्पु बजारमा सामुदायीक कुकुरको हुलले दुर्घटनाको जोखिम बढाएको जनगुनासो र कुकुर विरालोबाट रेविज फैलने भएकाले पनि बध्याकरण र खोप शिविरको आयोजना गरिएको पशु शाखा अधिकृत लेखनाथ बास्तोलाको भनाई छ ।
२०७६ कार्तिक १९ गते राती ९ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology