समायोजन खबर खोटाङ,
नेपाली कांग्रेस खोटाङले जिल्लाका सवै स्थानीय तहमा संगठन बिस्तार कार्य सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिमा कांग्रेसले विद्यान अनुसार संगठन बिस्तारसँगै पार्टीको संघीय संरचना निर्माण गर्न सुरु गरेको हो । कांग्रेसले जिल्लाका ७९ वडामा वडा कार्य समिति, आठ गाउँपालिकामा गाउँ कार्य समिति र दुई नगरपालिकामा नगर कार्य समिति गठन कार्यलाई सुरु गरेको हो । कांग्रेसले सवै स्थानीय तहमा प्रतिनिधि खटाएर संगठन बिस्तार कार्य धमाधम गरिरहेको पार्टी सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । कांग्रेसले दशवटै स्थानीय तहमा संगठन बिस्तारका लागि प्रतिनिधि खटाएको छ ।
ऐंसेलुखर्क गाउँपालिकामा महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई, केपिलासगढी गाउँपालिमा पार्टी सचिव ईच्छुराम राणा, रावावेसीं गाउँपालिकामा पूर्वसभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, हलेसी तुवाचुङ नगरपालिकामा पार्टी सचिव ज्ञानेन्द्र जोशी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महासमिति सदस्य दिनेश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पार्टी सभापति नरेशकुमार श्रेष्ठ, साकेला गाउँपालिकामा महाधिवेशन प्रतिनिधि जितेन्द्र सिंं ठकुरी, खोटेहाङ गाउँपालिकामा पूर्व सांसद तथा महासमिति सदस्य सरस्वती बजिमय, जन्तेढुङ्गा गाउँपालिकामा महासमिति सदस्य वीरकाजी राई र बराहपोखरी गाउँपालिकामा महाधिवेशन प्रतिनिधि डा.राजकुमार राई खटिएका छन् । संगठन बिस्तारका लागि खटिएका संयोजकले धमाधम पार्टीको संरचना निर्माण गरिरहेको बतार्ईएको छ ।
केपिलासगढी गाउँपालिकामा हेमन्त राई र बराहपोखरी गाउँपालिकामा दिपक राईले पार्टीमार्फत पालिका सभापतिको जिम्मेवारी पाईसकेका छन् । सर्वसहमत भएका ठाउँमा पुरानै सभापतिलाई सभापतिको जिम्मेवारी दिईने र विवाद देखिएका ठाउँमा छलफल मार्फत टुङगो लगाईने सचिव जोशीको भनाई छ । यस्तै, दक्षिणी क्षेत्र जन्तेढुङगा गाउँपालिकामा पनि संगठन बिस्तार कार्य जारी रहेको छ । जन्तेढुङ्गा गाउँपालिकाको वडा नम्बर–२ बोपुङमा खड्ग बहादुर राई वडा सभापति भएका छन् । वडा नम्बर–३ काहुलेमा बर्तमान राई वडा नम्बर–४ डम्बर्खुशिवालयमा श्यामकुमार राई र वडा नम्बर–५ चिसापानीमा प्रेम बहादुर बस्नेत सभापति बनेका छन् । वडा नम्बर–१ देविस्थान र वडा नम्बर–६ दिप्लुङमा भने वडा कार्य समिति गठन गर्न बाँकी रहेको कांग्रेस नेता बाजिन्द्र विष्टले जानकारी दिए ।
बाँकी वडामा संगठन बिस्तार कार्य भोली र पर्सि गरिने उनको भनाई छ । संघीयता आउनु अघि पार्टीको गाविस सभापति सम्हालीरहेका व्यक्तिलाई नै जन्तेढुङगा गाउँपालिकामा वडा सभापतिको जिम्मेवारी दिएको बताईएको छ । जन्तेढुङ्गा गाउँपालिकाका सवै वडामा दुई जना उपसभापति, दुई सचिव दुई सहसचिव र एक कोषाध्यक्षसहितको ३१ कार्य समिति गठन गरिएको छ । जन्तेढुङ्गा गाउँपालिकामा संगठन बिस्तारका लागि संयोजकको जिम्मेवारी पाएका वीरकाजी राई, महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठ, जिल्ला कार्य समिति सदस्य एवम् संठन विभाग प्रमुख समिर राई, जिल्ला कार्य समिति सदस्य आमन्त्रीतर्फका गणेश चौलागाँई र नारदमणी राई, यूवा नेता बाजिन्द्र विष्ट, दिलीप राईलगायतका व्यक्तिले संगठन बिस्तार कार्यलाई जारी राखेका छन् । जन्तेढुङ्गाको पालिका सभापति कार्तिक २४ गते छनौट हुने बताईएको छ ।
२०७६ कार्तिक १९ गते राती ९ :०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology