समायोजन खबर सोलुखुम्बु,
आगामी मंसिर ५ देखि ८ सम्म सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले ‘गाउँपालिका महोत्सब तथा अध्यक्ष रनिङ शिल्ड भलिबल प्रतियोगीता’आयोजना गर्ने भएको छ । मंगलबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै अघिल्लो बर्ष देखि शुरु गरिएको अध्यक्ष रनिङ शिल्डको निरन्तरता र पर्यटन बर्ष सन् २०२० लाई टेवा पु¥याउने द्येयले मनोरञ्जन, संस्कृति, कृषि र स्थानीय खाना प्रर्दशनीलाई समाबेश गरि महोत्सबको तयारी थालिएको जानकारी गराईएको हो ।
महोत्सब अन्तरगत राष्ट्रिय कलाकारहरु गायक शम्भु राई, गायिका मेलिना राई र हाँस्यकलाकार फुलन्देकी आमा सहित स्थानीय कलाकर्मीको मनोरञ्जनात्मक प्रस्तुती रहने थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । हरेक साँझ स्थानीय प्रतिभा प्रस्फुटनका लागि एकल तथा सामूहिक नृत्य र एकल गायन प्रतियोगीताको आयोजना गरिनेछ । अध्यक्ष राईले भने, ‘हामी खेलकुद र मनोञ्जनको माध्यमबाट स्वस्थ जनशक्ति उत्पादन गर्न र सम्बृद्धि स्थानीय तह निर्माणमा प्रयोग गर्न चाहन्छौ । त्यसकारण पनि बर्षेनी उत्सबको रुपमा मनोरञ्जन र खेलकुद प्रतियोगीता आयोजना गर्दछौ’ ।
४ दिनसम्म चल्ने खेलकुद कार्यक्रम अन्तरगत जिल्लास्तरिय अन्तरवडा भलिबल प्रतियोगीता गराईनेछ । विजेतालाई नगद एक लाख, ७५ हजार, ५० हजार र २० हजारको साथमा शिल्ड, मेडल, ट्रफी र प्रमाण–पत्रप्रदान गरिने खेल संयोजक रामसंर्घष किराँतीले जानकारी दिए । त्यस्तै, थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमाना भित्ते देखि गाउँपालिकाको केन्द्र मुक्लिसम्म महिला÷पुरुष मिनि म्याराथन प्रतियोगीताको पनि आयोजना गरिएको खेल संयोजक किराँतीले बताए ।
२०७६ कार्तिक १९ गते राती ८ :४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology