• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जोखिम मोलेर ट्याक्टरमा यात्रा

जोखिम मोलेर ट्याक्टरमा यात्रा


चिसाङ शेर्पा
  • मंगलबार, कार्तिक १९ २०७६

  • यात्राका लागि चिसापानी बजारमा ट्याक्टरमा चढ्दै सर्वसाधरण । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा सर्वसाधरणले जोखिम मोलेर ट्याक्टरमा यात्रा गर्नुपर्ने बाध्यता छ । अन्य समय र चाडवाडमा सर्वसाधरणले ज्यान जोखिममा राखेर कोचाकोच गरी सामान बोक्ने ट्याक्टरमा यात्रा गर्नु परिरहेको हो । यस कारण दुर्घट्नाको संम्भावना बढेको छ ।

     

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकाको ६ वडा र भोजपुरको आमचोक गाउँपालिकाको दुई वडाका सर्वसाधरणहरु अन्य केही विकल्प नहुंदा ट्याक्टरमा यात्रा गर्न बाध्य छन् । जन्तेढुंगा गाउँपालिकाको चिसापानीबाट दूधकोशी नदिको बंसिलाघाट २३ किलोमिटर र चिसापानी–मौवाबोटे हुंदै २९ किलोमिटर साघुंरो कच्ची सडकमा बाध्यताले ट्याक्टरमा यात्रा गर्नुपरेको एक स्थानीयले जानकारी दिए ।

     

    चिसापानीबाट बंशिलाघाट रुटमा बस तथा साना जीपहरु सञ्चालन नहुंदा पाँच सय भाडा तिरेर सर्वसाधरण तराई झर्ने गर्छन् । सो भेगमा चल्ने १६ वटा बुलेरो भए पनि सवै विग्रिएर नचलेका कारण गाउँसम्म ट्याक्टर रिर्जभ गरेर अन्यत्र जानुपर्ने बाध्यता छ । ट्याक्टरमा यात्रा गर्दा बिरामी, बालबालिका, बृद्धबृद्धा, अशक्त, सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ । सिमित ट्याक्टर भएकाले यात्रुको चाप अत्याधिक बढ्ने गरेको छ । सो भेगमा कच्ची सडकहरु भए पनि गाडीहरु चल्दैनन् । कतिपय विधालयहरुमा खानेपानी समेत पाईन्दैनन् ।
    २०७६ कार्तिक १९ गते साँझ ७ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology