• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको आज पनि डायलाइसिस हुँदै

प्रधानमन्त्रीको आज पनि डायलाइसिस हुँदै


समायोजन खबर
  • आइतबार, कार्तिक १७ २०७६

  • प्रधानमन्त्री केपी शर्मा ओली

    समायोजन खबर काठमाण्डाै,

    प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रो डायलाइसिस आज गरिने भएको छ । डाइलासिस गर्न प्रधानमन्त्री ओली धापासीमा रहेको ग्राण्डी अस्पतालमा जाँदै हुनुहुन्छ ।  रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार पनि प्रधानमन्त्री ओलीको रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उहाँको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

     

    १२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर अस्ति बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ । यसैबीच आज बस्न लागेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषदको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्रीको डायलाइसिसपछि मात्र दुबै बैठकको समय तय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    २०७६ कार्तिक १७ गते बिहान ९ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology