• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोदालोको विंडले हानेर ज्यान मार्ने एक युवक पक्राउ

कोदालोको विंडले हानेर ज्यान मार्ने एक युवक पक्राउ


चिसाङ शेर्पा
  • शुक्रबार, कार्तिक १५ २०७६

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    कोदालोको विंडले टाउको पछाडी हानेर ज्यान मार्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी २४ वर्षीय पवन राई रहेका छन्।

     

    उनले सोही ठाउँका अन्दाजी १९/२० वर्षीय मिलन राईलाई बिहीबार राती कोदालोको विंडले हानेर ज्यान मारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोद कुमार खेरवालले जानकारी दिए । गाउँमा २/३ दिन अगाडी घटेको घट्ना मिलाउन छलफल गरेर फर्कने क्रममा पवनले मिलनलाई आक्रमण गरेका हुन् ।

     

    घट्ना राती करीव साढे ८ बजे घटेको भए पनि त्रासका कारण गाउलेहरुले राती १० बजे मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त भएसँगै प्रहरीले निज पवनलाई पक्राउ गरी कानुनी कारवाही अगाडी थालेकोे छ । मृतकको शव परिक्षणका लागि जिल्ला अस्पातल दिक्तेलमा ल्याइँएको छ ।
    २०७६ कार्तिक १५ गते बिहान ११ :३१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology