• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘सोलुखुम्बु ट्रेल रेस’शुरु

‘सोलुखुम्बु ट्रेल रेस’शुरु


समायोजन खबर
  • बुधबार, कार्तिक १३ २०७६

  • क्याप्सन–ट्रेल रेसमा सहभागीविदेशीतथा नेपालीधावकहरु सामूहिकफोटो खिचाउदै । तस्विर समायोजन खबर

    समायोजन खबर सोलुखुम्बु,
    जिल्लाको तल्लो क्षेत्रमापनिपर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजितपर्यटन बर्ष सन् २०२० लक्षित‘सोलुखुम्बुु ट्रेल रेस’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ ।  रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले गरे । आयोजक संस्था ‘दी स्मल वल्र्ड’काअध्यक्षकर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधारशिविर पुगिपुनःतल्लो क्षेत्रको फाप्लुमाआएर रेस समापनहुनेछ ।

     

    धावकहरु ४ हजार ६ सयअग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँजुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्रताल दूधकुण्डपोखरी हुदैै दौडने छन् । प्रथम सगरमाथाआरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिकपदमार्गलाई पछ्याउदै धावकहरु दौडिने आयोजक संस्थाकाअध्यक्षकर्मा शेर्पाले बताए । रेसमाविदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् । रेसमा सहभागीअधिकांशधावकहरु फ्रान्सबाट आएका छन् । रेसमा बेल्जियम, स्वीजरल्यान्ड लयागतका यूरोपेली देशकाधावकपनिसहभागी छन् । रेसमाचर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागिभएका छन् । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्वगरिसकेका छन् । ५ औं पटकसम्म अन्तरराष्ट्रियस्तरको दौडमा बिजेता बनेका दाछिरी सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुकाहुन् ।

     

    ३ सय १० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिनलाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथाक्षेत्रको रेन्जोलापास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथाआधार शिबिर पुग्नुपर्नेछ । फर्किने क्रममाधावकहरु गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् ।
    २०७६ कार्तिक १३ गते दिउँसो २ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology