चिसाङ शेर्पा खोटाङ,
यात्रुबहाक बस दुर्घटना हुंदा खोटाङमा १५ जना यात्रु घाईते भएका छन् । बुधबार बिहान दिक्तेलबाट यात्रु लिएर बिराटनगरतर्फ जाँदै गरेको को १ ख ६३२० नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाईते भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–१०अर्खौलेको कामीडाँडामा भएको दुर्घटनामा ओखलढुंगा चिशखुगढी गाउँपालिका–२ पोखरेकी २३ वर्षीय कल्पना आचार्य घिमिरे, सुनसरीको इटहरी उपमहानगरपालिका–४ ईटहरीकी अन्दाजी २६/२७ वर्षीय मनकुमारी राई उनका ५ वर्षीय छोरा आकाश राई, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वावुराम आचार्यका छोरा २३ वर्षीय मिलन आचार्य सोही ठाउँका २० वर्षीय योगेन्द्र आचार्य, खाल्लेका २७ वर्षीय मनिषा विक, उनको श्रीमान २८ वर्षीय याम बहादुर विक उनकै ९ वर्षीय छोरा मन्दिप विक, ३ वर्षीय छोरी समिक्षा विक घाईते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

अर्खौलेको कामीडाँडामा दुर्घट्नामा परेको बस । तस्विर चिसाङ शेर्पा
यस्तै, दिक्तेलका १९ वर्षीय प्रताप रिजाल, २० वर्षीय प्रकाश रिजाल, १९ वर्षीय सुमन आचार्य, चिउरीडाँडाका देवीप्रसाद आचार्यका छोरा २३ वर्षीय मिलन आचार्य, रावाबेशी गाउँपालिका–२ खार्पाका १९ वर्षीय अमृत भुजेल, दुवेकोलका २३ वर्षीय सुरेश विक घाईते भएका छन् । घाइते सवैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ ।
घाईतेमध्ये ओखलढुंगा चिशखुगढी गाउँपालिका–२ पोखरेकी कल्पना आचार्य घिमिरेको अवस्था गम्भीर रहेको छ । घाईतेमध्ये चारजना उपचार पश्चात घर फर्किएका छन् । बसमा सवार यात्रुका अनुसार चालकले एक हातले झ्याल लगाउदै गाडी चलाउदा दुर्घटना भएको अनुमान गरिएको छ । बसमा चालक, सहचालक गरी १५ जना यात्रु थिए । चालक फरार छन् ।
२०७६ कार्तिक १३ गते मध्यान्ह १२ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology