• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार जना जग्गादाता सम्मानित

चार जना जग्गादाता सम्मानित


समायोजन खबर
  • बिहिबार, कार्तिक ७ २०७६

  • जग्गादातालाई सम्मान गर्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ । तस्बिर :समायोजन खबर

    समायोजन खबर खोटाङ,
    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार देविस्थानमा खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने चार जना सम्मानित भएका छन् । खेलमैदान निर्माणका लागि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारले ३३ लाख बजेट उपलव्ध गराएपछि निशुल्क जग्गा प्रदान गरेका चिजबहादुर राई, धनकाजी राई, शेरबहादुर राई र मेगेन्द्र राईलाई सम्मानित भएका हुन् ।

     

    होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण उद्घाटनका क्रममा प्रदेशसभा सांसद उषाकला राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लागायतले जग्गादातालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका छन् । जग्गादाता चिजबहादुरले ६ रोपनी, धनकाजीले १ रोपनी १५ आना, मेगेन्द्रले १५ आना जग्गा उपलव्ध गराएपछि १०५ मिटर लम्बाई र ४० मिटर चौंडाई भएको खेलमैदान निर्माण गरिएको हो । २५ लाखमा मैदान र ८ लाखमा स्टेज निर्माण गरिएको वडाध्यक्ष भलाराज राईले बताए ।


    मेगेन्द्र राई अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिले खेलमैदान र दिपेश राई अध्यक्ष रहेको निर्माण उपभोक्ता समितिले स्टेज निर्माण गरेका हुन् । आर्थिक वर्ष २०७४/०७५ मा वडाको २ लाख बजेटबाट निर्माण सुरु गरिएको खेलमैदानलाई प्रदेश सरकारको सहयोगमा पूर्णता दिइएको हो । स्थानीय कांग्रेस कार्याकर्ताले भने खेलमैदान निर्माणको काम पारदर्शी नभएको आरोप लगाउँदै आएको छ । उता, विपक्षीले सञ्चालन गरेको योजनामा मात्र कांग्रेस कार्यकर्ताले पारदर्शीताको प्रश्न उठाइरहेको नेकपाको प्रतिक्रिया छ ।
    २०७६ कार्तिक ७ गते साँझ ६ :०८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology