नृत्य सेन्टर उद्घाटन

चिसाङ शेर्पा खोटाङ,
जिल्लामा गायन, बाद्यबादन सिकाउने विधालय नहुंदा त्यसको बिकल्पमा स्थापना गरिएको साईनो कला केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेको छ । जिल्लामा क्रियाशिल केही युवायुवतीको अथक प्रयास र प्रयत्न पश्चात देउसी भैलो खेलेरै २०७४ फागुन १ गतेवाट विधिवत/कानुनतः रुपमा स्थापना भएको केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेका हुन् ।
संगीततर्फ हार्मोनियम, गितार, तबला, मादल, बासुरी, ड्रमसेट, किर्बोड र गायनतर्फ भोकलका विभिन्न लामा, छोटा कक्षाहरु सिकाउदै आएको केन्द्रको कार्यालय भवनगैरामा स्थापना गरेको नृत्य सेन्टर बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभयो । नृत्य सेन्टर सञ्चालन भएसँगै यसका सौखिनहरु नृत्य सिक्नकै लागि जिल्ला बाहिरिनु पर्ने बाध्यताको अन्त्य भएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
भाडामा घर लिएर गायन र बाद्यबादन सिकाई रहेको केन्द्रले हालसम्म खोटाङ आईडल तेज कुमार राई, भिजन आईडल (ओखलढुंगा) फस्ट रनरअप प्रवृत्ति राई, जिल्लाव्यापी खुल्ला लोक गीत प्रतियोगितामा पर्शु गजमेर, वेदना राई र युवराज राई (प्रथम)जस्ता प्रतिभावान कलाकारहरुको उत्पादन गरिसकेकोे छ ।
२०७६ कार्तिक ७ गते दिउँसो २ :४४ मा प्रकाशित