• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नृत्य सेन्टर उद्घाटन

नृत्य सेन्टर उद्घाटन


चिसाङ शेर्पा
  • बिहिबार, कार्तिक ७ २०७६

  • नृत्य सेन्टर उद्घाटन गर्नुहुंदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजाल । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    जिल्लामा गायन, बाद्यबादन सिकाउने विधालय नहुंदा त्यसको बिकल्पमा स्थापना गरिएको साईनो कला केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेको छ । जिल्लामा क्रियाशिल केही युवायुवतीको अथक प्रयास र प्रयत्न पश्चात देउसी भैलो खेलेरै २०७४ फागुन १ गतेवाट विधिवत/कानुनतः रुपमा स्थापना भएको केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेका हुन् ।


    संगीततर्फ हार्मोनियम, गितार, तबला, मादल, बासुरी, ड्रमसेट, किर्बोड र गायनतर्फ भोकलका विभिन्न लामा, छोटा कक्षाहरु सिकाउदै आएको केन्द्रको कार्यालय भवनगैरामा स्थापना गरेको नृत्य सेन्टर बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभयो । नृत्य सेन्टर सञ्चालन भएसँगै यसका सौखिनहरु नृत्य सिक्नकै लागि जिल्ला बाहिरिनु पर्ने बाध्यताको अन्त्य भएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

     

    भाडामा घर लिएर गायन र बाद्यबादन सिकाई रहेको केन्द्रले हालसम्म खोटाङ आईडल तेज कुमार राई, भिजन आईडल (ओखलढुंगा) फस्ट रनरअप प्रवृत्ति राई, जिल्लाव्यापी खुल्ला लोक गीत प्रतियोगितामा पर्शु गजमेर, वेदना राई र युवराज राई (प्रथम)जस्ता प्रतिभावान कलाकारहरुको उत्पादन गरिसकेकोे छ ।

    २०७६ कार्तिक ७ गते दिउँसो २ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology