समायोजन खबर खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकामा जारी होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा चार टिम सेमीफाईनल प्रवेश गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानमा जारी प्रतियोगीतामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, खारम्बु स्पोर्टस् क्लव खार्मी, ओम शिवशक्ती समुह महादेवस्थान र खामाखा खार्चुम समाज दुर्छिम सेमीफाईनल प्रवेश गरेका हुन् ।
बुधबार भएको खेलमा आयोजक साकेला सिली फुटबल क्लव दुर्छिमलाई शुन्यका बिरुद्ध ७ गोल गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले सेमीफाईनलको यात्रा तय गरेको हो । यस्तै, स्वर्गीक मार्ग बाहुनीडाँडालाई १ का बिरुद्ध ३ गोल गर्दै खारम्बु स्पोर्टस् क्लव, बुईपा इलाभेन स्पोर्टस् क्लब बुईपालाई ३ का बिरुद्ध ५ गोल गर्दै ओम शिवशक्ती र चुमाखु स्टार फुटबल क्लवलाई शुन्यका बिरुद्ध ४ गोल गर्दै खामाखा खार्चुम समाज सेमीफाईनल पुगेको आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए । निर्धारित समय गोलरहित सकिएपछि गरिएको पेनाल्टी सुटआउटमा बुईपा इलाभेन स्पोर्टस् क्लबलाई ओम शिवशक्तीले पछि पारेको हो ।

दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण प्रतियोगीतामा प्रथम हुने टिमले नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए । प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०/२० हजार प्राप्त गर्ने छन् ।
यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । प्रतियोगीताका अनुशासित टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजसँगको सहकार्यमा साकेला सिली फुटबल क्लवले आयोजना गरेको प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता छ ।
२०७६ कार्तिक ७ गते बिहान ८ :०५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology