समायोजन खबर खोटाङ,
खार्मीमा दुई दिने किवि व्यवसायिक प्रशिक्षण तालिम सकिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका कृषि पेशामा आवद्ध स्थानीयहरुलाई मंगलबारदेखी दिइएको तालिम बुधबार सकिएको हो ।

लेकाली कृषि फर्मको आयोजना तथा वडा कार्यालय खार्मीको प्रयोजन र शुभ कृषि फर्मको सह–प्रयोजनमा भएको तालिममा ७१ जना कृषकहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई शुभ कृषि फर्मका प्रमुख शुभचन्द्र राई र जेटिएका विधार्थीहरुले व्यवसायिक किवि खेती सम्बन्धि प्रशिक्षण दिएका थिए ।
सुरेश मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडाध्यक्ष रामचन्द्र राई र टिटिएस पाथेका–खार्मीका प्रमुख श्याम कुमार राईको उपस्थिती थियो । दुई दिने प्रशिक्षण तालिमले किवि खेती गर्नमा सहयोग गर्ने वडाध्यक्ष राईले बताए ।
२०७६ कार्तिक ६ गते साँझ ७ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology