चिसाङ शेर्पा खोटाङ,
तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो लाग्ला । तर, वास्तविकता त्यो हैन । उहाँको वास्तविकता सुन्दा गला अवरुद्ध हुन्छ, दु :ख लाग्छ । नगरपालिकाले १० केजी चामल दियो, त्यही चामल खाएर घरमा श्रीमती बसेकी छे । चामल सकेपछि के खान, के गर्नेे भन्ने डरले पैसा कमाउन गिट्टी कुट्दै छु । ढुंगाको धुलोले चिराचिरा परेको हत्केला देखाउदै उनले दुःख पोखे । चामल बाहेक केही छैन अन्न ।
गएको असारमा लामो खडेरी लाग्यो, मकै सखाप पा-र्यो, फेरी मकै लगाए, को नि के किराले(अमेरिकन फौजी) पातै खाएर सक्यो । गहत, मसयाम पनि कुहियो, धान र कोदोमा पनि किरा नै लाग्यो, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार जोरसिमलका ६७ वर्षीय बृद्ध सेती बहादुर राईले खाल्लेमा गिट्टी कुट्दै पिडा सुनाए । उनको दैनिकी विहानको पहिलो पहरमा भाले बासेपछि साँझ अध्याँरो नभएसम्म दिक्तेल–खानीडाँडा सडकको दायाँबाँयामा बसेर गिट्टी कुट्ने हो ।

दिक्तेल–खानीडाँडा सडकमा गिट्टी कुट्दै सेती बहादुर राई । तस्विर चिसाङ शेर्पा
गएको असारमा खडेरीले मकै सुकाएर सखाप बनाएपछि उनको मनमा आयो अब के खाने, कसरी पेट पाल्ने, त्यसपछि बाँकी मकैको पातै फौजी किराले खाएपछि भएभरको मकै फाड्दै मिल्काए (फाले) । घरमा खानेकुरा सकिदै गयो । उनले भने, छोराहरु यतै काम गर्छ अनि गिट्टी कुट्ने काम पाईन्छ भन्ने सुने अनि, यहाँ आएको । गिट्टीको थुप्रो माथि वसेर उनले भने । कति कमाउनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, एक ट्याक्टरको पाँच हजार ।

दिक्तेल–खानीडाँडा सडकमा गिट्टी कुट्दै सेती बहादुर राई । तस्विर चिसाङ शेर्पा
कति दिनमा बनाउनुहुन्छ, एक ट्याक्टर ? हामी तीनजना छौ, छोरा, बुहारी, नाती, तीनजनाले चार दिनमा एक ट्याक्टर बनाउछौ । घरमा श्रीमती छ । अब यहि गिट्टी कुटेको पैसा लगेर तिहार मनाउने हो । हाँटडाँडामा डेरा लिएर गिट्टी कुट्ने उनले तिहारसम्म कती ट्याक्टर बनाउलान् गिट्टी ? उनको तिहार कस्तो होला त ? यो सवैको मनमा उठ्ने साझा प्रश्न हो । सेती बहादुर जस्तै, सो भेगमा दर्जनौ स्थानीय जिविकोपार्जन गर्न गिट्टी कुट्छन् । गिट्टी कुट्नेहरुको होडबाजी नै छ । गिट्टी कुट्नेहरुले यहि पेशाबाट घर व्यवहार चलाएका छन् । छोराछोरी पढाई रहेका छन् । चाडवर्प मनाईरहेका छन् ।

घरायसी काम सकेर बिहानदेखी साँझसम्म गिट्टी कुट्नेमा दिक्तेल, च्यास्मिटार, उदयपुरका स्थानीयहरु छन् । दिक्तेल बाहिरकाहरु डेरा लिएर बिहानैबाट अबेर साँझसम्म गिट्टी कुट्छन् । उनीहरुले कुटेको गिट्टी निर्माण कम्पनी तथा व्यक्तिहरुले खरिद गरेर लैजाने गर्छन् । नयाँ भवन तथा अन्य काम गर्नलाई गिट्टीको खाँचो हुने र पैसा नहुनेलाई गिट्टी कुटेरै भए पनि पैसाको खाचो केही रुपमा टरेको छ ।
२०७६ कार्तिक ४ गते साँझ ६ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology