• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट

आगलागीबाट कपडा पसलसहित एक घर जलेर नष्ट


समायोजन खबर
  • सोमबार, कार्तिक ४ २०७६

  • सांकेतिक तस्विर

    समायोजन खबर सोलुखुम्बु,

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– १ ख्याम्पुमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । सोमबार बिहान करिब २ बजे विद्युत सर्ट भएर आगलागी हुँदा स्थानीय चन्द्रप्रकाश कोइरालाको घर जलेर नष्ट भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।  आगलागीबाट कोइरालाको पसलसहितको ३ तले घर जलेर नष्ट हुँदा ९८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) उत्तम कार्कीले जानकारी दिए ।

     

    आगलागीबाट घरभित्र रहेको काठपात, लत्ता कपडा, भाडावर्तनलगायतका सामाग्री जल्नुका साथै यही घरमा रमेशकुमार राईले सञ्चालन गर्दै आउनुभएको कपडा पसलसमेत जेलेर नष्ट हुँदा ठूलो क्षति भएको हो । आगो निभाउन पर्याप्त स्रोत साधन नहुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् ।

    २०७६ कार्तिक ४ गते बिहान ९ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology