चिसाङ शेर्पा खोटाङ,
अबैध रुपमा लगाएको गाँजा प्रहरीले नष्ट गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले खोपबारीका स्थानियहरुले लगाएको गाँजा नष्ट गरिएको हो । सोमबार ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलिले दुई सय ५० बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।

प्रहरीले यसअघि सोही नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, वडहरे, महादेवस्थान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल र खाल्लेमा अबैध रुपमा लगाएको गाँजा नष्ट गरेको थियो ।
२०७६ असोज २८ गते साँझ ६ :१७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology