चिसाङ शेर्पा खोटाङ,
मादक पदार्थ सेवन गरी भाईले दाईको घरमा आगो लगाउदा एकवटा घर जलेर नष्ट भएको छ । दिप्रङ चुईचुम्मा गाउँपालिका–४ बतासे रातमाटाका सन्तोष सार्कीको घरमा आफ्नै भाईले आगो लगाउदा घर जलेर नष्ट भएको हो ।

सोमबार राती मादक पदार्थ सेवन गरेर सार्कीका भाईले आगो लगाउदा ढुंगा माटो र फुसको छानो भएको खाली घर जल्दा दुई लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवालले जानकारी दिए । आगो लगाउने किशोरलाई अस्थाई प्रहरी चौकी भण्डारेघाटबाट खटेको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याउदै छ ।
२०७६ असोज २८ गते अपरान्ह ३ :४६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology