• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाजवादीले सबै स्थानीय तहमा पार्टी समायोजन टुंग्यायो

समाजवादीले सबै स्थानीय तहमा पार्टी समायोजन टुंग्यायो


समायोजन खबर
  • सोमबार, असोज २७ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ,
    समाजवादी पार्टी खोटाङले सबै स्थानीय तहमा पार्टी समायोजन टुंग्याएको छ । पार्टी एकीकरण लगत्तै भदौअघि जिल्लाका १० स्थानीयतहमध्ये ९ स्थानीय तहमा पार्टी समायोजन टुंग्याएको समाजवादीले बाँकी रहेको खोटेहाङ गाउँपालिकामा पनि समायोजन टुंग्याएको हो । खोटेहाङ गाउँपालिकामा रामबावु राईको अध्यक्षतामा समाजवादीको २५ सदस्यीय गाउँपालिका कमिटि गठन गरिएको छ । समितिको उपाध्यक्षमा सुशिला राई र तिर्थकुमार राई, सचिवमा जीतकुमार राई, सह–सचिवमा सतबहादुर खत्री र कोषाध्यक्षमा मञ्जु राई चयन भएका छन् ।


    समाजवादीका जिल्ला अनुगमन तथा वार्ता सम्वाद समितिका संयोजक केशवराज कार्की र पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापाको उपस्थितिमा खोटेहाङ गाउँपालिकामा पालिका कमिटि गठन गरिएको समाजवादीले जनाएको छ । नयाँ शक्ती र संघीय समाजवादीको एकीकरणपछि खोटाङमा समाजवादीले भदौ १४ गते जिल्ला समायोजनको काम टुंग्याएको थियो ।
    २०७६ असोज २७ गते साँझ ६ :१३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology