समायोजन खबर खोटाङ,
खोलाले बगाउँदा खोटाङमा किशोरीको मृत्यु भएको छ । खोला तर्नका लागि हालिएको बाँसको फड्केबाट खस्दा केपिलासगढी गाउँपालिका–१ फेदीका १३ वर्षीय आयुस्मा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए ।

खोला तर्नका लागि हालिएको फड्केबाट आईतबार दिउँसो खसेका किशोरीको शव करिब सय मिटर तल फेला परेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ ।
२०७६ असोज २७ गते अपरान्ह ४ :३७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology