समायोजन खबर काठमाण्डौ,
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए । सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।
२०७६ असोज २४ गते दिउँसो १ : ०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology