समायोजन खबर धनुषा,
जनक नन्दनी गाउँपालिका–३ मा पार्किङ गरेर राखिएको नौ वटा मोटरसाइकल र चार वटा साइकल जलेर नष्ट भएको छ । सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहित नौ जनाको मोटरसाइकल र साइकल जलेको प्रहरीले जनाएको छ । चार वटा नेपाली, चार वटा भारतीय र एउटा वडाध्यक्ष चढ्दै आएको सरकारी नम्बर प्लेटको मोटरसाइकल र अन्य चार ओटा साइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन थापाले जानकारी दिनुभयो ।

बुधबार राति करिब ३ बजे मोटरसाइकल जलिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा बिजुलीको तारसमेत चुँडिएको देखिएकाले बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
२०७६ असोज २३ गते बिहान ११ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology