समायोजन खबर खोटाङ,
हलेसी तुवाचुङ नगरपालिकाका शिक्षकले दशैंको मुखमा पनि तलव नपाएको गुनासो गरेका छन् । नगरपालिकाभित्रका १७ विद्यालयमा कार्यरत शिक्षकले गत साउन यताको तलव र दशैं भत्ता नपाएको नेपाल शिक्षक महासंघ हलेसी तुवाचुङ नगर कमिटिका सचिव एबं महंकला आधारभुत विद्यालय सल्लेका शिक्षक दिलीप राईले बताउनुभयो ।
सम्वन्धित वडाका वडाध्यक्षबाट शिक्षकको हाजिरी प्रमाणित नगराएको भन्दै नगरपालिकाले विद्यालयको खाता रोक्का गर्दा शिक्षकहरुले हालसम्म तलव पाउन नसकेका हुन् । तलव रोक्का हुँदा दशैं तिहार मनाउन समस्या भएको शिक्षक राईले गुनासो गर्नुभयो । वडाध्यक्षबाट हाजिरी प्रमाणित गरेर माग फारम ल्याएका नगरपालिकाका ७१ विद्यालयका शिक्षकले मात्र तलव पाएका छन् ।
२०७४ साल चैत ७ गतेको नगर कार्यपालिकाको बैठकले शिक्षक कर्मचारीको हाजिरी सम्वन्धित वडाका वडाध्यक्षबाट प्रमाणित गरेर मागफारम ल्याउनुपर्ने व्यवस्था गरेको र सो अनुशार प्रकृया पुरा नगरेका विद्यालयको खाता रोक्का गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताउनुभयो । महासंघले भने शिक्षकको हाजिरी प्रमाणित गराउने व्यवस्थाप्रति असहमती जनाउँदै आएको छ ।
२०७६ असोज १७ गते बिहान ७ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology