समायोजन खबर खोटाङ,
निवर्तमान सभामुख कृष्णबहादुर महराको समाचार लेख्ने पत्रकार अजयबाबु शिवाकोटी असुरक्षित भएको भन्दै प्रेस युनियन खोटाङले आपत्ती जनाएको छ । प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाँईले बिहीबार विज्ञप्ति जारी गर्दै महराको कर्तुत सार्वजनिक गर्ने पत्रकार शिवाकोटी असुरक्षित रहेकाले तत्काल उनलाई सुरक्षा दिन माग गरेका छन् ।

युनियनका केन्द्रीय महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक समेत रहेका शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउन शुरु गरेको, केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएको भन्दै शिवाकोटीको सुरक्षा गर्न सरकारलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
शिवाकोटीले तत्कालिन सभामुख महराको यौन कर्तुत बाहिर ल्याएकै भरमा सुरक्षा थ्रेड बढेको भन्दै तत्काल सुरक्षा ब्यवस्था नमिलाए आफूहरू कडा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०७६ असोज १६ गते अपरान्ह ४ : ०३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology