समायोजन खबर सोलुखुम्बु,
सोलुखुम्बुका एक नगरकार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पाले दलित परिवारको विद्युत महसुल तिरिदिएका छन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा कार्यपालिका सदस्य शेर्पाले वडाका ३२ घर दलित परिवारको विद्युत महसुल तिर्दै आएका छन् ।
शेर्पाले नगरपालिकाबाट मासिक रुपमा आउने करिब ९ हजार सुविधामा ६ हजार थप गरि मासिक रुपमा १५ हजार दलित परिवारले तिर्नुपर्ने विद्युत महसुल तिर्दै आएका छन् । गार्मास्थित नाजिङमा दशैँ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा शेर्पाले दलित समुदायका घरमूलिलाई पछिल्लो ६ महिनाको महसुलवापत्को रकम वितरण गरेका छन् ।
कार्यक्रममा सल्लेरीच्याल्सा विद्युत कम्पनीबाटै सिधैँ विद्युत जोडेका र समूहबाट विद्युत जोडेर बाल्दै आएका दुई प्रकारका दलित समुदायका उपभोक्तालाई महसुस वापत्को रकम नगदै वितरण गरिएको हो । वडासदस्य शेर्पाले भने, ‘३२ दलित समुदायका परिवारलाई समानरुपमा आफूले पाएको सुविधामा थप गरि एक बर्ष देखि महसुल तिर्दै आएको छु । यो कामले दलित परिवारमा खुसी छाएको छ भन्नेमा विस्वस्त छु ।’ उनको यो सहयोगले विद्युत महसुल समयमै तिर्न नसक्ने उपभोक्तालाई निकै राहत पुगेको छ ।
२०७६ असोज १५ गते साँझ ७ :१५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology