• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडित बालकलाई सहयोग

अग्नि पिडित बालकलाई सहयोग


समायोजन खबर
  • मंगलबार, असोज १४ २०७६

  • आगोमा खुट्टा जलेका सुर्यप्रकाश राईलाई सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय ।

    समायोजन खबर खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुस्तमनोस्थितिका अग्नि पिडित १२ वर्षीय सुर्यप्रकाश राईलाई आर्थिक सहयोग गरिएको छ । दुई महिनाअघि अगेनामा परेपछि बायाँ खुट्टाको घुँडा डढ्दा घाउमा किरा परेका बालकको सहयोगार्थ किरणजित राईको संयोजकत्वमा गठित सहयोग समितिले १ लाख १४ हजार ४४८ रुपैयाँ आर्थिक सहयोग गरेको हो । बालकको सहयोगार्थ संकलित रकम मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले बालकका बाबु कुन्दन राईलाई हस्तान्तरण गरे ।

    आर्थिक अभावका कारण बेलामा उपचार नपाउँदा घाउमा किरा परेपछि भदौ ३ गते जिल्ला अस्पताल दिक्तेलमा उपचारमा लगिएका बालकको सहयोगार्थ समिति गठन गरिएको थियो । भदौ १० गते १५ हजार ८०५ रुपैयाँ प्रदान गरेको सहयोग समितिले पुःन संकलित रकम पिडितलाई हस्तान्तरण गरेको हो । संकलन भएकोमध्ये केही रकम कृषि विकास बैंकको शाखा कार्यालयमा पिडितको नाममा खोलिएको खातामा जम्मा गरिएको सहयोग संकलन समितिकी आर्थिक संयोजक सविता भुजेलले बताईन् । जिल्ला अस्पतालमा उनको घाउबाट १५ वटा किरा निकालिएको जनाइएको छ । जन्मजात सेरेवल पाल्सीबाट पिडित बालकको यसअघि पनि आगोमै परेर हात डढेको थियो ।

    सेरेवल पाल्सी नाम निको नहुने रोगका कारण सुस्त भएका कारण उनी पटक–पटक अगेनामा परिसकेका छन् । निम्न आर्थिक अवस्था भएका सुर्यप्रकाशको लालन–पालनका लागि खर्च गर्न रकम सहयोग गरिएको सहयोग समितिका संयोजक राईले बताए । घाउमा किरा परिसकेकाले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले किर्तिपुर अस्पताल काठ्माण्डौं लैजान सुझाव दिए पनि आर्थिक अभावकै कारण अन्यत्र लैजान नसकेको परिवारले जनाएको छ ।

     

    अभियान्ता सञ्जयकुमार राई, सिता थुलुङ, सविता, किरणजीत, शुशिला निनाम लगायतको पहलमा उनका लागि सहयोग रकम जुटाइएको हो । बोलचाल गर्न नसक्ने सुस्तमनोस्थितिका सुर्यप्रकाश हिँडडुल समेत सक्दैनन् । बाबु कुन्दन नगरपालिकाको फोहोर संकलन गर्ने मजदुरका रुपमा काम गर्दै आएका छन् । आमाले चार वर्षअघि दोश्रो विवाह गरेर छाडेपछि उनी कान्छिआमा र बाबुको रेखदेखमा बसिरहेका छन् । उनी घरका जेठो सन्तान हुन् ।

    यो पनि पढ्नुहोस

    तीन पटक जले सुर्य,पिडामा मल्हम लगाउन जुटे युवा

    २०७६ असोज १४ गते साँझ ५ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology