चिसाङ शेर्पा खोटाङ,
पुल्चोकमा ईन्जिनियरिङ पढ्दै थिए । घर जाने सिलसिलामा पोखरा हुंदै स्याङजाको कार्कीनिटार तिर जाँदै थिए । दुई घण्टा उकालो चढ्ने क्रममा बिचमा एउटा चौतारो छ । विसाउने । चौतारीमा एकजना भरिया देखे जनगायक जीवन शर्माले विगत सुनाए । बृद्धावस्थाको, भरिया देखिसकेपछि को होला, कहाँ होला घर, अनयासै कौतुहलता जाग्यो ।
किशोरसुलभ कौतुहलताले उनीसँग बस्न, केही कुरा सोध्न प्रेरित ग-र्यो । म उहाँसँग नजिकै गएर बसे । ‘भर्खरको ठिटो किन मेरो नजिक आएर बस्यो ।’ उहाँलाई केही न केही प-र्यो होला जस्तो लाग्यो । म उहाँको नजिक गएर बसे, उहाँ अलिक पर सर्नुभयो । पारिजात स्मृति केन्द्र र प्रगतिशील लेखक संघ खोटाङले आयोजना गरेको समाजवादी यथार्थवाद : परिचय र मान्यता विषयक विचार गोष्ठीमा सहभागि हुन दिक्तेल आईपुगेका जनयायक शर्माले भने, त्यो बेला उहाँ अलिक तर्केर नआए पनि हुन्थ्यो नजिकमा यो भन्ने भावमा भरिया दाई हुनुहन्थ्यो । केही चोर्न पो आयो कि भनेर तर्कनुभयो । अलिअलि पैसा पनि थियो होला भारी बोकेर कमाएको ।

जनगायक जीवन शर्मा
भरिया दाईको भाव बुझेर आफू विधार्थी भएको र तपाईलाई देखेर घर कहाँ होला, के होला भनेर धेरैबेर आग्रह गरेपछि उहाँले विस्तारै कुरा खोल्नु भयो । “मेरो घर खोटाङ हो, धेरै भयो खोटाङ नगएको, ३/४ वर्षअघि घरमा पुगेको थिए । घरमा कोही पनि छैन, श्रीमती थियो बितिसक्योे । हातखुट्टा थला परेर । त्यही भएर उनी बाँचिनन्,। घरमा झार पलाएको थियो । खरको छानोमा आधि डाँडाभाटा खसिसकेका थिए कुहिएर । घरमा के बस्नु भनेर गाउँमै एकजनाको घरमा ओत लागेर वसे । त्यस घरमा जान मन छैन । बाहिर, बाहिर बसेको छु भन्दै कहिले रुदै, कहिले टोपीले आँसु पुछ्दै,पसिना पुछ्दै” एकघण्टा उहाँले जीन्दगीको कहानी बताउनुभयोे । सेतै कपाल फुलेका ६० वर्षीय प्रगतिशील गायक शर्माले २०३८ सालका इतिहास सुनाए ।
खोटाङ घर कहाँ हो, परिवारका अन्य सदस्य कता गए उनलाई केही थाहा थिएन । मैले सोध्दै गएर उनले भन्दै गए । त्यो वार्तालाप लामो थियो । कलिलै दिमाग थियो मेरो । त्यो भरियाको कथाले मनमा गहिरो प्रभाव पारेको रहेछ । अहिले अनुभव गर्दैछु । उनले भने । भरिया त्यहाँ छ भन्ने पनि थाहा थिएन उकालोमा, देखेर सोध्ने कुरा पनि तत्काल दिमागमा आयो । उनले जे,जति भने,भनेका कुराले मनमा जति असर पा-र्यो थाहा भएन । भावु मुद्रामा आफ्ना कुरा राख्दै थिए । जनगायक शर्मा । म उकालो लागे, उनी भारी बोकेर उकालो आउदै थिए । एकछिन पछि हामी ओझेलमा प-र्यो ।

जनगायक जीवन शर्मा
डाँडामा पुगेर आफूसँग भएको डायरीमा गीत लेखे । तलबाट माथि डाँडासम्म पुग्दा मनमनै गीत तयार भईसकेको रहेछ । गीत बनेको छ भन्ने पनि थाहा थिएन । लेख्न मन लागि हाल्यो त्यो विषयमा, गीत लेखौ भनेर घोत्लिदै आएको रहेछु । विगत फर्केर गायक शर्मा भन्दै थिए । भरियाको जीवन देखेर मनमा गहिरो असर ग-र्यो, त्यसैको अभिव्यक्ति लाग्छ, डाँडामा गए, डायरी निकाले सर्सती लेखे । त्यो लेखेको अहिले पनि जस्ताको त्यस्तै छ । कुनै काँटछाट केही गरिएन । सरर..लेखियो, जहाँसम्म लेखियो त्यही टुङगीयो । गीतसँगै भाका पनि सँगै बनेको हो । गीत छुट्टै, भाका छुट्टै भएन ।
१/२ पटक डायरी हेरेर गुनगुनाए पनि । साँझमा त्यही बसियो कार्कीनिटार भन्ने डाँडामा, बिहानै उठेर घर जानलाई दुईघण्टा हिडिसकेपछि ओरालो झरेर कालिगण्डकी माथि फलेबास नजिक चौतारामा बसेर हिजोको गीतको भाका विर्सन्छु कि भनेर गिटार बजाउदै त्यो भाका सम्झदै कालिगण्डकी हेर्दै तलतिर फर्केर ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ गीत गुनगुनाउदै थिए । नुन बोक्न आएका गाउँका मान्छे चौतारीमा बसेर गीत सुनिरहेका रहेछन् । अझै खुलेर विगत निकाल्दै गए जनगायक शर्मा, गीत सकियो, २/३ पल्ट दो-र्याए । अब जानुप-र्यो भनेर हिड्नलाई चौतारीतर्फ फर्कदा ति मान्छे । रोइरहेको देखे । उनले थपे, ‘ति मान्छे यहि गीत सुनेर रोएका होलान् ।’ मलाई लाग्यो । त्यहाँनेर नै गीत चाँहि राम्रै भएछ भन्ने लागेको थियो ।
गाउँमा धेरै पटक गीत गाए । हजुरबुुबाहरु, बुढी आमाहरु, भाउजुहरु रोए गीत सुनेर । सवै देखेर आत्मविश्वास बढेर आयो । गीत साँच्चिकै राम्रो भएछ । प्रशासन, प्रहरीका मान्छे नहुंदा पिढीमा बसेर गीत सुनाउथे, त्यो बेला खुलेर गीत गाउन पाईन्न थियो । उनले भने, जहाँ जहाँ यि गीत सुनाउदै हिडियो, ति ठाउँहरुमा बुढाबुढीहरु, पाका मानिसहरु गीत सुन्ने वितिक्कै रुने गर्दथ्यो । श्रोताको माग अनुसार पछि यो गीत गाउने गीत बन्यो । गर्दागर्दा अहिले त यो गीत नाँच्ने गीत भएको छ । रुवाउने गीतवाट नाँच्ने गीत भएको छ ।

जनगायक जीवन शर्मा
दिक्तेल उहाँको घर कहाँ हो थाहा छैन, नाम के हो त्यो बेला सोध्ने कुरा भएन । जनगायक शर्माले भने, ‘उनै खोटाङगे भरियाको वास्तविक जीवनको कथा हो सिमली छायाँमा..। खोटाङ नभए, ति मान्छे हुने थिएन । भरिया नभएको भए मेरो पनि भेट हुन्न थिए कि ? उनीसँग भेट नभएको भए त्यो गीत पनि बन्ने थिएन । यसरी चर्चामा आउने थिएन ।’
सिमली छायाँमा बसी..गीत नै पछिल्लो सालमा संगीतको दुनियाँमा चिनाउने लोगो गीत बन्यो । गाकय शर्मा थप्छन्, त्यो नभएको भए अर्को कुन गीत लोगो हुन्थ्यो अथवा हुन्न थियो । त्यति धेरै रुचाउने गीत अर्को बन्ने थियो/थिएन । त्यसैले गर्दा पनि खोटाङ जिल्ला मेरो लागि, जीन्दगीको लागि अनि नेपालको सांस्कृतिक आन्दोलनका लागि पनि निकै महत्वपूर्ण छ । ०३८ सालमा रचना गरेको सिमली छायाँमा बसी..गीतलाई ०४६/०४७ सालतिर रेर्कड गरिएको थियो । गीत लेख्नसम्म अभ्यास थिएन तर, त्यो भरियाको कारुणिक दृश्यले फुरेको गीत आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको गायक शर्माले बताए ।
१५ सयबढी प्रगतिशील गीत बजारमा ल्याएका उनले सयौं सम्मान पाएका छन् । सम्मान पत्रले कोठै भरिएको छ । कुन सम्मानको कुरा गरौं उनी भन्छन्, “सरकारले निर्णय गरेर राष्ट्रिय प्रतिभा पुरस्कार पनि दिएको छ ।” वि.स २०१६ चैत २६ गते बाग्लुङको जैमिनी नगरपालिका–१० राङखानीमा जन्मिएका शर्मा दर्शन र राजनीतिशास्त्रमा स्नातक, अङ्गेजी र मानवशास्त्रमा डबल एमए गरेर पनि सर्वहारा गायक बनेका हुन् । उनले हेम सरिता कला पुरस्कार, पारिजात कला पुरस्कार, शुक्ला गण्डकी साहित्य पुरस्कार लगायत दर्जनौ पुरस्कार पाएका छन् ।
२०७६ असोज १४ गते बिहान ६ : ३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology