• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट :देउवा

जनताको दैलो नटेक्ने अनि कसरी आउँछ भोट :देउवा


समायोजन खबर
  • सोमबार, असोज १३ २०७६

  • प्रधानमन्त्री शेरबहादुर देउवा।

    समायोजन खबर,

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूले एकले अर्कोलाई गुटगत राजनीति गरेको आरोप लगाउन छोडेका छैनन्। प्रतिपक्षको भूमिकामा समेत कमजोर बनेको कांग्रेस केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित भई आन्तरिक द्वन्द्वमा फसेको छ। केन्द्रका शीर्ष नेतादेखि गाउँका साधारण कार्यकर्तासम्मको एउटै भनाइ छ– ‘कांग्रेसले आन्तरिक गुट–उपगुट त्यागेर एकढिक्का नभएसम्म गुमेको साख फर्काउन सकिँदैन।’

     

    नेपाल शिक्षक संघ काभ्रेले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा शिक्षक सम्मान कार्यक्रममा सभापति देउवा जनता सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै जनताको सुख–दुःखमा साथ दिन कांग्रेसका आम नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सभापति देउवाको समेत चेत खुलोस् भन्दै हामीले व्यक्तिगत स्वार्थका लागि मात्र काम गरिराखेका छौं कि देश र जनताका लागि पनि काम गरिरहेका छौं भन्दै उनले पार्टी सभापतिलाई पार्टी्भित्र समानताको व्यवहार गर्न आग्रह गरेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

    २०७६ असोज १३गते बिहान ८ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology