चिसाङ शेर्पा खोटाङ,
खोटाङका सम्पूर्ण ग्रामिण सडकहरु बन्द हुंदा यात्रुहरु मारमा परेका छन् । लगातारको वर्षाले ग्रामिण सडकहरु बन्द हुंदा चाडवाड मनाउन आउने/जाने यात्रुहरु मारमा परेका हुन् । चाडवाडका समयमा सडक बन्द हुंदा यात्रुहरु अन्यौलमा परेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।
हिजो अस्तिसम्म फाट्टफुट्ट चल्दै आएका ग्रामिण सडक पनि पूर्णरुपमा बन्द भएका छन् । ग्रामिण सडक त पूरै बन्द भयो । हिङमाङले भने, ‘दिक्तेल–काठमाण्डौ र दिक्तेल–तराई जाने सडकमा नै पहिलेको तुलनामा ३/४ घण्टा बढी लागे पनि जसोतसो चलेकै छ ।’ वर्षाका कारण दिक्तेल–जालपा–ऐंसेलुखर्क–बाक्सिला, दिक्तेल–पाथेका, दिक्तेल–बुईपा–रसुवा, दिक्तेल–टेम्मा–पञ्चमी, दिक्तेल–मात्तिमको ग्रामिण सडक बन्द छ । ठेकेदारका कारण निर्माण चरणमा ढिला हुंदा मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडक पनि बन्द छ ।
बन्द भएका ग्रामिण सडकहरु चुस्तदुस्त राख्नका लागि यसअघि नै स्थानीय निकायलाई पत्राचार गरी सकिएको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । वर्षा रोकिएपछि सडक सुचारु गराउन स्थानीय निकाय परिचालन गरिने प्रजिअ उपाध्यायको भनाई छ । गाउँगाउँसम्म पुग्ने सडक बन्द भएपछि दशै तिहार मनाउन गाउँ फर्कने कि नफर्कने अधिकांशलाई चिन्ता भएको छ ।
यस्तै,जिल्लामा रहेका तीन विमानस्थलमध्ये दुई विमानस्थल मात्रै सञ्चालनमा छ । थामखर्क विमानस्थल र लामिडाँडा विमानस्थल सुचारु भईरहंदा सदरमुकाम नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थल भने पहिरोले तानेर बन्द छ । हवाईयात्रामा पहुंच नभएकालाई सडक यात्रा गर्नु परे पनि सडक नै बन्द छ । वर्षाले बन्द भएको सडक वर्षा रोकिएपछि खुलाउने भनिएता पनि मौसमविदले भने, शनिबारदेखि हिजोअस्ति भन्दा धेरै पानी पर्नेे बताएका छन् ।
२०७६ असोज ११ गते अपरान्ह ४ :४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology