• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई स्थानमा प्रहरीको यात्रु सहायता कक्ष

दुई स्थानमा प्रहरीको यात्रु सहायता कक्ष


चिसाङ शेर्पा
  • शुक्रबार, असोज १० २०७६

  • यात्रु सहायता कक्षको उद्घाटन गर्नुहुंदै प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्याय । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    जिल्ला प्रहरी कार्यालय खोटाङले रत्नपार्क र हलेसीमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार र छठको बेलामा हुने यात्रुको चाप र तोकिएभन्दा बढी भाडादर लिने/नलिने विषयलाई ध्यानमा राखेर प्रहरीले शुक्रबार दिक्तेलको रत्नपार्क र हलेसीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दिक्तेलको रत्नपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले उद्घाटन गर्नुभयो ।

     

    चाडवाडका समयमा हुने भीडभाडकाबीचमा असहज यात्रा भएमा उजुरी वा गुनासो गर्ने व्यवस्थाका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहीरी नायब उपरिक्षक बामदेव गौतमले बताए । यात्रु सहायता कक्षमार्फत ट्राफिक नियम सचेतना, क्षमताभन्दा बढि यात्रु राखेको, तोकिएभन्दा बढि भाडा लिएको विषयमा चेकजाँच गरिने प्रहरीले जनाएको छ । सहायता कक्षबाट ट्राफिक नियम सम्वन्धी पर्चा वितरणका साथै माइकिङ समेत सुरु गरिएको छ ।
    २०७६ असोज १० गते दिउँसो २ :१३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology