• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारले संमृद्धिको बाटो लिएको छैन : डा.शशांक

सरकारले संमृद्धिको बाटो लिएको छैन : डा.शशांक


चिसाङ शेर्पा
  • बुधबार, असोज ८ २०७६

  • पत्रकार सम्मेलनमा बोल्नुहुंदै नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईराला । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले सरकारले संमृद्धिको बाटो नलिएको बताएका छन् । नेपाल प्रेस युनियन खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मलेनमा महामन्त्री कोईरालाले यस्तो बताएका हुन् । संमृद्धि आउनका लागि योजना हुनुपर्छ । उनीहरुले स्पष्ट रुपमा योजना ल्याएका छैनन् ।

    पहिल्यैदेखी भई आएको कुराहरुमा मात्रै सरकार लागि परेको छ । अन्तर्राष्ट्रिय एयरपोर्ट, निजगढ एयरपोर्ट, पोखरा एयरपोर्ट, गौतमबुद्ध एयरपोर्ट भनेको छ । त्यो पहिल्यैदेखी भई आएको कुरा हो । कुनै कुरा सरकारले गर्न सकेको छैन । महामन्त्री कोईरालाले भन्नुभयो, ‘पानी जहाज, रेल भनेको छ । हाम्रोमा खानेपानीको हाहाकार छ । पानी जहाज, रेल ल्याएर के गर्ने ? । रेल ल्याउदा त्यसले कती फाईदा गर्छ । झन् ऋणमा डुब्छौ कि भन्ने चिन्ता पनि छ ।’

     

    रेल केरुङ, भारतबाट आउछ भन्छ । त्यसले गर्दा हाम्रो ऋण झन् बोझिलो बन्छ । तसर्थ हामीले बाटोघाटो बनाएर उत्तरदक्षिण कालिगण्डकी करीडोर, केरुङ जाने बाटो लगायतका अरु बाटाहरुमा हामीले ध्यान दिनुपर्छ यसतर्फ सरकारको ध्यान छैन । नेपालमा पर्यटन र विधुतको संम्भावना धेरै राम्रो छ । त्यो चलिरहेको छ । अबको युगान्तकारी परिवर्तनका लागि प्रथम त कृषि नै हो । उहाँले भन्नुभयो, कृषियोग्य १७ लाख हेक्टर जमिन छ । कतिपय ठाउँमा पानी छैन, तर कतीपय ठाउँमा बबई भेरी डाईभर्सनले गरेर धेरै खेतहरु सिंचाईयुक्त भईसकेका छन् । कृषिमा आधुनिकीकरण गरेर, चक्लाबन्दी गरेर अगाडी बढ्नुपर्छ । कृषि सम्बन्धि अनुसन्धान गरेर सरकारले नीतिहरु तर्जुमा गर्नुपर्ने हो जुन यो सरकारले गर्न सकेको छैन ।

    कृषिका लागि कोशीमा हाई ड्याम बनाउने, ताकि त्यो पानी हामीले आफ्नै काबुमा राखेर कृषियोग्य जमिनमा सिंचित गर्न सक्छौ । उत्पादनमा फड्को मार्न सक्छौ । तर, सरकारले अहिलेसम्म कुनै पनि ठोस कार्ययोजना तयार पार्न नसकेको महामन्त्री कोईरालाले बताउनुभयो । मुलुकमा कम्युनिष्टको सरकार भए पनि संमृद्धितर्फ स्पष्ट विचार नआएको र नेपाली कांग्रेस पहिलो पटक सरकारमा गएको वेला धेरै परिवर्तन ल्याएको स्मरण गर्नुभयो । कांग्रेसले त धेरै परवर्तन ग-र्यो, एउटा विश्व विधालय थियो । अहिले १२ वटा विश्वविधालय छ । कल्ले दियो नेपाली कांग्रेसले दियो ।

    अब हरेक प्रदेशमा एकवटा विश्वविधालय भन्ने कन्सेप्टबाट जानुपर्छ । हरेक प्रदेशमा एकएक विश्वविधालय भएको खण्डमा त्यहाँका जनताले पढ्न लेख्न पाउछन् । तीन तहको सरकारमा व्यापक भ्रष्टाचार भईरहेको, वाइडबडी काण्ड, बुढी गण्डकी प्रकरण, निर्मला प्रकरण, करको कहरजस्ता कुराले सरकारका संमृद्धिका नाराहरु नारामै सिमित रहेको महामन्त्री कोईरालाले बताउनुभयो । आगामी दिनमा कांग्रेसको आन्तरिक समस्यालाई हल गरेर चुनावमा जाने समेत बताउनुभयो ।
    २०७६ असोज ८ गते बिहान ११ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology