समायोजन खबर बेलबारी,
मोरङको बेलबारीमा असोज ४ गते देखी हुने तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको रासि अघिल्लो बर्ष भन्दा दोवरले बढाइएको छ । आगामी असोज ४ देखि ११ गतेसम्म हुने प्रतियोगिताको विजेता टिमले ५ लाख पाउने आयोजक डागिहाँट युथ कल्बले पत्रकार सोमवार पत्रकार सम्मलेनको आयोजना गरी जनाएको छ । द्धितिय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष विक्रम वान्तवा राईले बताए । गत वर्ष सम्पन्न दोस्रो संस्करणमा प्रथम हुने टिमलाई दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई एक लाख ११ हजार रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।
मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित मैदानमा हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने भएका छन् । फुटबलको विकास र राष्ट्रका गहनाका रुपमा चिनिने खेलाडी उत्पादनका लागि स्थानीय स्तरमै सहयोग जुटाउँदै प्रतियोगिताको तयारीलाई तीव्र पारिएको उनको भनाइ छ । प्रतियोगितामा विभिन्न टिममार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी र ‘ए’ डिभिजन टिमले सहभागिता जनाउने राईले जानकारी दिए । झापा–११, नेपाल पुलिस क्लब, एपीएफ काठमाडौं, रोयल क्लब भारत, रुपन्देही–११, आयोजक मोरङ, सुनसरी–११ र मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंले प्रतियोगितामा सहभागिता जनाउने छन् ।मोरङ फुटबल एकेडेमी उर्लाबारी गत वर्षको विजेता टिम हो । भने पहलिो बर्ष झापाले उपाधि जितेको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नियम अनुसार ‘घ’ श्रेणीमा प्रतियोगिता परेका कारण यस गोल्डकपमा गतवर्षको विजेता टोलीलाई समेट्न समेत राइले बताए । गतवर्ष मोरङले झापाको बिर्तामोडलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसपटक मोरङका खेलाडीलाई समेट्दै आयोजक डाँगीहाट युथ क्लबले सहभागिता जनाउने भएको छ । प्रतियोगिता सञ्चालनका लागि मैदान व्यवस्थापन तथा दर्शकको सुरक्षा र उपस्थितीलाई मध्यनजर गर्दै प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । खेल सफल पार्न विभिन्न उपसमिति गठन गरिएका छन् ।
विक्रम वान्तवा राईको अध्यक्षतामा बनेको मूल आयोजक समितिको खेल संयोजकमा अजित अधिकारी छन् । राजेश बस्नेतको संयोजकत्वमा आर्थिक उपसमिति,हिमांशु रायको संयोजकत्वमा लेखा समिति, शिव काफ्लेको संयोजकत्वमा अतिथी सत्कार, भाईकुमार गुरुङको संयोजकत्वमा विदेश विभाग, शम्भु बस्नेतको संयोजकत्वमा खाजा नास्ता व्यवस्थापन, सुधिर वान्तवाको संयोजकत्वमा प्रचारप्रसार, तारामणि राईको संयोजकत्वमा खेल मैदान व्यवस्थापन, नरेन्द्र बस्नेतको संयोजकत्वमा मिडिया व्यवस्थापन तथा सञ्चार, बसन्ती सुनुवारको संयोजकत्वमा महिला स्वयं सेवक उपसमिति बनाइएको छ ।
प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, विङ्स, फरवार्ड, गोलरक्षक, मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको समेत गरीएको पत्रकार सम्मेलनमा बताइएको छ । यस वर्ष ३३ लाख आम्दानी र ३१ लाख चार हजार रुपैयाँ खर्च हुने हुने अनुमान आयोजकले गरेको छ । गत वर्ष प्रतियोगिताबाट एक लाख पाँच हजार रुपैयाँ नाफा भएको थियो । यस प्रतियोगिताले बेलबारीको थप शोभा बढाउने ११ नम्बरका वडा अध्यक्ष यम वहादुर पोख्रेल (राजन)ले बताए ।
२०७६ भदौ २३ गते साँझ ७ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology